काठमाडौं डनबस्को कलेजमा पहिलो संस्करणको ‘हल्ट प्राइज २०२५’ सम्पन्न, विजेतालाई देशकै प्रतिनिधित्व गर्ने अवसर

काठमाडौं डनबस्को कलेजमा पहिलो संस्करणको ‘हल्ट प्राइज २०२५’ सम्पन्न, विजेतालाई देशकै प्रतिनिधित्व गर्ने अवसर

केन्द्रबिन्दु
93
Shares

काठमाडौं । लाजिम्पाटमा अवस्थित काठमाडौं डनबस्को कलेजको पहिलो संस्करणको ‘हल्ट प्राइज २०२५’ सम्पन्न भएको छ । विभिन्न नवआइडियालाई प्रस्तुत गर्ने उद्देश्यका साथ कलेजका विद्यार्थीहरु आफैंले उक्त कार्यक्रमको आयोजना गरेका हुन् ।

सो कार्यक्रममा विभिन्न कलेजमा इन्जिनियरिङ, नर्सिङ, र व्यवस्थापन संकाय अध्ययन गर्ने विद्यार्थीहरुको सहभागिता रहेको थियो । उनीहरुलाई १०० भन्दा बढी समूहमा विभाजन गरिएको थियो । कार्यक्रममा व्यवस्थापनका विद्यार्थीहरुले लाइब्रेरीको विजनेस आइडियालाई प्रस्तुत गरेका थिए ।

यसैगरी इन्जिनियरिङका विद्यार्थीहरुले मेसिन बनाएका थिए । त्यस्तै नर्सिङका विद्यार्थीले स्वास्थ्यका लागि पोषण तत्वको प्रयोग कसरी गर्ने, कति मात्रामा गर्ने जस्ता आइडियालाई प्रस्तुत गरेका थिए । आगो निभाउने उपकरण (फायर एस्टिङगुइसर)को आइडियालाई समेत प्रस्तुत गरिएको थियो ।

हल्ट प्राइज कार्यक्रमले विद्यार्थीहरुमा विभिन्न कम्पनीहरुसँग सम्बन्ध विकास गर्ने, विभिन्न कलेजको सहभागिता भएकाले एकअर्कालाई चिन्ने र व्यापार गर्नको लागि आइडिया उत्पन्न हुने आयोजक पक्षले जनाएको छ । यो कार्यक्रम डनबस्कोका विद्यार्थीले आयोजना गरेका हुन् भने पूर्वाञ्चल विश्वविद्यालयले उक्त कार्यक्रमलाई मान्यता दिएको छ । कार्यक्रमको लागि भौतिक पूर्वाधारको व्यवस्थापनका लागि कलेजले सहयोग गरेको छ ।

यसपटक कलेजमा मात्र सीमित रहेर आयोजना गरिएको हल्टप्राइज आगामी दिनमा राष्ट्रियस्तरमै आयोजना गर्ने विद्यार्थीहरुको योजना रहेको छ । हल्ट प्राइजका प्रतिष्पर्धीहरुलाई फर्स्ट रनरअप, सेकेन्ड रनरअप र विजेता भनेर घोषणा गरिएको थियो ।

हल्ट प्राइजको विजेता टिम एसिट बनेको थियो । टिम एसिटमा सुदिप सेठ, अभियम भुर्तेल, श्रृया कर्ण र विनायक महर्जन रहेका थिए । उनीहरुले नगद पुरकार पाउनुका साथै करियर बिल्डअपको लागि प्लेटफर्मसमेत पाएका छन् ।

फस्ट रनरअप टिम फोर्मेसन भएको थियो । टिम फोर्मेसनमा अञ्जली गौतम, मार्टिना आचार्य, अमिसा थापा मगर, स्वस्तिका खत्री रहेका थिए । उनीहरुले नगद पुरस्कार प्राप्त गरेका थिए ।

सेकेन्ड रनरअप टिम ब्यान्ड भएको थियो । उक्त टिममा अलिना मानन्धर, विनित श्रेष्ठ रहेका थिए । उनीहरुले पनि नगद पुरस्कार प्राप्त गरेका हुन् । हल्ट प्राइजको निर्णायक मण्डलमा डा‍. जमुना कार्की, राजेश पाठक र हरिओम गुप्ता रही प्रतिष्पर्धीहरुको प्रस्तुतीलाई मूल्यांकन गरेका थिए ।

दुई दशकभन्दा बढि शैक्षिक क्षेत्रमा अनुभव बोकेको डनबस्को कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । सन् २००० मा स्थापना भएको पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त डनबस्कोमा व्यवस्थापन संकायमा स्नातक र स्नात्तोकत्तर तहमा बीबीए, एमबीए, इएमबीएका कोर्षहरु अध्ययन अध्यापन हुँदै आएको छ ।

कलेजले व्यवस्थापन क्षेत्रमा व्यवहारिक ज्ञान मात्र नभएर कम खर्चमै अन्तर्राष्ट्रिय डिग्री प्राप्त गर्ने अवसर समेत प्रदान गरेको छ ।

Skip This
Skip This
Logo