काठमाडौं । शिक्षा ऐनको माग गर्दै सुरु भएको शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन आज पनि जारी छ ।
नेपाल शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि आन्दोलनमा रहेका शिक्षकहरू आज १९औं दिन पनि सडकमा उत्रिने भएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनलाई मध्यनजर गर्दै आज आन्दोलन चाँडै सुरु हुने बताइएको छ । महासंघले आन्दोलनमा सहभागी शिक्षकहरूलाई बिहान ९ बजेभित्र हाजिर भइसक्न र १२ बजेअघि प्रदर्शन स्थल छोडिसक्न आह्वान गरेको छ ।
अन्य दिन उक्त आन्दोलनका कारण दिउँसो १२ बजेदेखि ३ बजेसम्म माइतीघर मण्डला(नयाँ बानेश्वर सडकखण्ड अवरुद्ध हुँदै आएको थियो । शिक्षक आन्दोलन अगाडी सरेसँगै आज कार्यालय समयमै सडक अस्तव्यस्त देखिने पक्का भएको छ ।
शिक्षकहरूले थप सशक्त आन्दोलनको तयारी गरिरहेका छन् । उनीहरू कुनै हालतमा शिक्षा ऐन जारी नभएसम्म घर नजाने अडानमा छन् । यसबीच सरकार र महासंघका पदाधिकारी–प्रतिनिधिबीच पटक–पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन । शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरुलाई एकद्वार प्रणाली अनुरुप गर्नुपर्ने लगायत माग छन् ।





























प्रतिक्रिया