कर्णाली प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. धामी नियुक्त

कर्णाली प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. धामी नियुक्त

केन्द्रबिन्दु
42
Shares

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा सह–प्राध्यापक डा डबलबहादुर धामी नियुक्त भएका छन् ।

प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको २०८२ साल वैशाख ४ गतेको निर्णयानुसार रिक्त उपकुलपतिको जिम्मेवारी डा धामीलाई दिइएको हो । प्रतिष्ठानका शिक्षाध्यक्ष (रेक्टर)समेत रहेका डा धामीलाई शैक्षिक, प्रशासनिक र आर्थिक कार्यहरू सञ्चालन गर्ने अधिकारसहित निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो ।

यसअघि प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलको पदावधि गत चैत २१ गते सकिएपछि उक्त पद खाली रहेको थियो ।

Logo