पढ्दै कमाउँदैः सरकारले स्नातकमाथिका विद्यार्थीलाई हप्तामा २० घण्टा कामको व्यवस्था गर्ने

पढ्दै कमाउँदैः सरकारले स्नातकमाथिका विद्यार्थीलाई हप्तामा २० घण्टा कामको व्यवस्था गर्ने

केन्द्रबिन्दु
123
Shares

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ मा स्नातक अध्ययन गरेका विद्यार्थीलाई हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला निश्चित गरी पढ्दै कमाउँदै नीति लागू गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पढ्दै कमाउदै नीति लागू गर्ने बताएका हुन् । यसको लागि स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्नलाई प्रयोग गरिनेछ । स्नातक तहभन्दा माथिका विद्यार्थीहरूलाई विभिन्न अनुसन्धान संस्थामा आबद्ध गरिनेछ ।

बढीमा हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला निश्चित गरी पढ्दै कमाउँदै नीति लागू गरिने राष्ट्रपति पौडेलले बताए ।

Skip This
Skip This
Logo