काठमाडाैं । नयाँ बानेश्वरमा अवस्थित शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले ‘यूके एण्ड युरोप एड्मिसन डे २०२५’ आयोजना गरेको छ ।
उच्च शिक्षाका लागि यूके वा युरोप जाने सोच बनाएका विद्यार्थीहरुलाई परामर्श लिनका लागि यो एड्मिसन डे निकै लाभदायी भएको विश्वास गरिएको छ । यो मेलामा युनिभर्सिटी अफ ग्रिनविच, युनिभर्सिटी अफ नर्थह्याम्प्टन, युनिभर्सिटी अफ युरोप, युनिभर्सिटी अफ डुब्लिन, युनिभर्सिटी अफ प्लाइमाउथ, ग्रिफिथ कलेजलगायत १० भन्दा बढी यूके तथा युरोपका प्रतिष्ठित युनिभर्सिटीहरुका प्रतिनिधि सहभागी रहेको थियो।

उक्त प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष भेटेर यूके युरोपको शिक्षा नीति, भर्ना, छात्रवृत्ति तथा शुल्क, भिसा डकुमेन्टेसनलगायत आवश्यक सम्पूर्ण विषयको बारेमा बुझ्ने अवसर पाएको युके डेष्टिनेसन म्यानेजर सन्तोषी शाहीले बताइन् । याे एड्मिसन डे अवसर विद्यार्थीहरुका लागि सुनौलो अवसर भएको उनकाे भनाइ छ ।

बिहान ११ बजेदेखि दिउँसाे ३ बजेसम्म अल्फाबिटा कम्प्लेक्समा चलेको उक्त मेलामा युनिभर्सिटीका प्रतिनिधिसँग जिज्ञासा राख्दा कुनै शुल्क लाग्ने छैन ।

विगत ३ दशक लामोसमयदेखि शैक्षिक परामर्श क्षेत्रमा कार्यरत अल्फाबिटा सबैभन्दा अब्बल शैक्षिक परामर्शदाता संस्थामध्ये एक हो। यसले यूके-युरोप, अष्ट्रेलिया, अमेरिका, क्यानडालगायत देशमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ।






























प्रतिक्रिया