एमबियूएसटीले आयोजना गरेको ‘विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम’ अन्तर्राष्ट्रिय सम्मेलन सुरू

एमबियूएसटीले आयोजना गरेको ‘विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम’ अन्तर्राष्ट्रिय सम्मेलन सुरू

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबियूएसटी)ले आयोजना गरेको “विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम” एकदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको छ।

अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्नु र नवस्थापित विश्वविद्यालयको प्रभावकारी सञ्चालनका लागि व्यापक समर्थन जुटाउने उद्देश्यले आयोजना गरिएको उक्त सम्मेलन काठमाडौंको र्याडिसन होटलमा सुरू भएको हो ।

उक्त सम्मेलनमा नेपाल तथा विदेशका प्रख्यात प्राज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता, उद्योग क्षेत्रका प्रतिनिधि र विद्यार्थीहरू सहभागी रहेको छ। उनीहरूले विश्वविद्यालयको दीर्घकालीन भिजन, रणनीति र अन्तर्राष्ट्रिय स्तरको गुणस्तर कायम गर्नका लागि आवश्यक पहलहरूबारे छलफल गर्नेछन्।

सम्मेलनमा प्रमुख वक्ताको रूपमा सिंगापुरको नेसनल युनिभर्सिटी अफ सिंगापुरका प्राध्यापक तथा एमबियूएसटीका ट्रस्टी प्रो. सीरम रामकृष्णले सम्बोधन गर्ने छन्। “विश्वस्तरीय विश्वविद्यालय निर्माण: सरोकारवालाको सहभागिता” विषयमा हुने प्यानल छलफल हुनेछ।

सम्मेलनमा विभिन्न देशका सातभन्दा बढी अन्तर्राष्ट्रिय वक्ताहरूले पनि आ–आफ्ना विचार प्रस्तुत गर्ने छन्।

सम्मेलनमा करिब ४०० सहभागीहरू र ३० भन्दा बढी वक्ताहरूको उपस्थिति रहनेछ। आयोजकका अनुसार यस सम्मेलनले एमबियूएसटीलाई नवप्रवर्तनशील, अन्तर्राष्ट्रिय रूपमा सञ्जाल विस्तार गर्ने र भविष्यमा विश्वस्तरीय शैक्षिक संस्था बनाउने दिशामा महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

Logo