नेपालमा बढ्दो व्यवहारिक शिक्षाको मागलाई मदन भण्डारी विश्वविद्यालयले सम्बोधन गर्ने अपेक्षा

नेपालमा बढ्दो व्यवहारिक शिक्षाको मागलाई मदन भण्डारी विश्वविद्यालयले सम्बोधन गर्ने अपेक्षा

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट उत्पादित जनशक्तिले नेपालमा बढ्दो व्यवहारिक शिक्षाको मागलाई प्रभावकारी रुपमा सम्बोधन गर्न सक्ने दाबी गरिएकाे छ ।

विश्वविद्यालयले आइतबार काठमाडौंमा आयोजना गरेको “विश्वस्तरिय विश्वविद्यालय निमार्णका लागी पहिलो कदम” विषयक अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी विभिन्न विज्ञ तथा शिक्षाविद्हरुले उक्त धारणा व्यक्त गरेका हुन्। उनीहरुले विश्वविद्यालयले लिने शिक्षा प्रणाली र उत्पादन गर्ने दक्ष जनशक्ति मुलुकको आवश्यकता अनुसार हुने विश्वास व्यक्त गरे।

भेलालाई सम्बोधन गर्दै ओलिन कलेज अफ इन्जिनियरिङ बोष्टन अमेरिकाका संस्थापन अध्यक्ष रिचर्ड मिलरले व्यवहारिक शिक्षामा हुने लगानी नै शिक्षा क्षेत्रको वास्तविक लगानी हुने बताए । उनले नेपालमा स्थापना भएको प्रविधि विश्वविद्यालयलाई सहयोग गर्न आफु प्रतिबद्ध रहने भन्दै गुणस्तरिय जनशक्ति उत्पादनमा सरकार, निती निर्माता, विश्वविद्यालय र समाजको भूमिका रहने भन्दै स्तरिय शिक्षाले टिक्नसक्ने मानव संसाधन निमार्ण हुने बताए ।

त्यसैगरी अमेरिकन विश्वविद्यालय कायरोका पूर्व उपाध्यक्ष ब्रुस फ्लेस्नरले नेपालका प्राविधिक विश्वविद्यालय संचालनको प्रशस्त सम्भावना रहेको भन्दै उत्साहका साथ मदन भण्डारी विश्वविद्यालयमा लगानी गर्न आग्रह गरे । दैनिक जिवन चलाउन उपयोगी शिक्षाको छुट्टै महत्व हुने भन्दै फ्लेस्नरले लगानीकर्तालाई उत्साहका साथ काम गर्न आग्रह गरे ।

नेशनल युनिभर्सिटी अफ सिंगापुरका पूर्व संस्थापन उपाक्ष्यक्ष सिराम रामकृष्णाले सिंगापुर विश्वविद्यालयले स्पष्ट लक्ष्य निर्धारण गरेर काम गर्दा २५ वर्षमा विश्वका उत्कृट विश्वविद्यालयमा सामेल हुन सकेको उदाहरण प्रस्तुत गर्दै नेपालमा पनि प्राविधिक विश्वविद्यालय संचालनको सम्भाना रहेको बताए । उनले विश्वस्तरिय सेवा, गुणस्तरिय शिक्षामा ध्यान केन्द्रित गर्दा मदन भण्डारी विश्वविद्यालयले पनि विश्यका गुणस्तरिय मध्येको एक विश्वविद्यालय बन्न सक्ने जिकिर गरे ।

शोध, अनुसन्धान, वैज्ञानिक प्रयोगशाला र विश्वविद्यालयमा भएको लगानी नै समृद्ध भविष्यको वास्तविक लगानी हुने भन्दै नेपाल सरकार, निती निमार्ता र सरोकारवालालाई सोहि पक्षमा केन्द्रित रहन सुझाव दिए ।

विश्व बैंकका पूर्वनेपाल निर्देशक केनिची ओहासीले नेपाल सरकार र यसका निकायले निती निमार्ण गर्दा उत्पादकत्व बढाउनेतर्फ ध्यान केन्द्रित गर्नेपर्ने धारणा राखे ।

सो कार्यका लागी सरकारका नितीहरु प्रविधिमैत्री, व्यवहारिक र समावेशी सहभागीतामा आधाति अपधारणामा केन्द्रित हुनुपर्न भन्दै उनले नेपालले आफ्नै मौलिक विधिबाट प्रभावकारी आयोजना बनाउने, कार्यान्वयन गर्न प्रशस्त सम्भावना रहेको भन्दै शिपयुक्त विद्यार्थीले यस कार्यमा महत्वपूर्ण भूमिका निवार्ह गर्ने बताए ।

कार्यक्रममा मदन भण्डारी विश्वविद्यालयका अध्यक्ष डा. राजेन्द्रध्वज जोशीले विश्वस्तरिय विश्वविद्यालय स्थापनाको सपना साकार भएको भन्दै मदन भण्डारी विश्वविद्यालयलाई अहिलेको भन्दापनि स्तरिय अवश्थामा टिकाइराख्नुपर्ने जिम्मेवारी आफूमा आइपरेको बताए ।

उनले सो जिम्मेवारी पूरा गर्नका लागी विश्वका स्तरिय विश्वविद्यालय संगको सहकार्य र सहयोग समेत आवश्यक रहेको भन्दै सहयोगको माग गरे ।

विश्वविद्यालयले अहिले च्याउ, किवी, अर्गानिक तरकारी उत्पादन तथा अनुसन्धान गर्ने गराउने र कृषि, उद्योग एआइ र प्रविधिका विविक्ष पक्षमा अध्ययन गरेको भन्दै त्यस्ता अध्ययन विश्वका अनुसन्धान संस्थाको समेत ध्यान तानेको बताए ।

मदन भण्डारी विश्वविद्यालले रोजगारी खोज्नेभन्दा पनि रोजगारी सृजना गर्नसक्ने जनशक्ति उत्पादन गर्ने बताए ।

कार्यक्रममा पूर्व शिक्षामन्त्री गिरीराजमणी पोखरेलले मदन भण्डारी विश्वद्यालयको स्थापना नेपालको उच्च शिक्षामा एक महत्वपूर्ण फड्को मारेको बताए । छुट्टै कानुन र अलग अवधारणामा स्थापना भएका स्वास्थ्य, प्राविधिक र खुला विश्वविद्यालयको आफ्नै महत्व रहने भन्दै उनले यस्ता विश्वविद्यालका जनशक्तिले उद्यमशिलता विकास गर्न देश निर्माणमा भूमिका निभाउने पनि बताए ।

उनले अर्थतन्त्रमा रुपान्तरणकारी भूमिका निभाउने काम पूराना विश्वविद्यालयले गर्ने नसक्ने भन्दै नयाँ अवधारणाका विश्वविद्यालय स्थापना गर्नुपरेको बताए ।

कार्यक्रममा एरिस मसरुम फर्मका संचालक ओमकृष्ण श्रेष्ठ र मदन भण्डारी विश्वविद्यालयका संचालक डा. राजेन्द्रध्वज श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

फर्मका संचालक ओमकृष्ण श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेपछि आफूसंग अनुषन्धान सम्वन्धी शिप नहुँदा फर्म स्थापनामा निकै समस्या भोग्नुपरेको बताए । उनले व्यसायिक च्याउ उत्पादन गर्न स्थापना भएको फर्म अहिले समृद्ध अवस्थामा रहेको भन्दै च्याउ उत्पादन तथा अनुशन्धान कार्यमा विद्यार्थीलाई सहयोग गर्ने बताए ।

भेलाको उद्घाटन सत्रमा मदन भण्डारी विश्वविद्यालय कृत्रिम बौद्धिकता विभाग प्रमुख प्रो. डा. शुरेस मानान्धर, प्रो. डा. देवराज अधिकारी, भानु आचार्य लगायतले आफ्ना धारणा राखेका थिए ।

Skip This
Skip This
Logo