विश्वविद्यालयको सम्पत्तिमा चरम अनियमितता, करोडौं बहाल असुल हुन बाँकी

विश्वविद्यालयको सम्पत्तिमा चरम अनियमितता, करोडौं बहाल असुल हुन बाँकी

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । देशकै जेठो विश्वविद्यालयभित्र वेथितीको चाङ रहेको चर्चा चौतर्फी चलिरहँदा महालेखा परीक्षकको ६२ औं प्रतिवेदनले समेत त्रिवि समस्याले झेलिएको उजागर गरेको छ ।

महालेखा परीक्षक तोयम राखले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको ६२ औं प्रतिवेदनमा त्रिविमा वेथितीको चाङले भरिएको उल्लेख गरिएको छ ।

विश्वविद्यालयमा भएका वेथिती मध्ये महालेखा परिक्षकले मुख्यतया त्रिविले लिजमा दिएको जग्गाबाट बहाल असुल गर्न नसकेको विषयलाई गम्भिरताका साथ उल्लेख गरको छ । त्रिवि विजनेश कम्प्लेक्सको २ करोड ८७ लाख ६० हजार बहाल असुल गर्न बाँकी रहेको उक्त प्रतिवेदनले औल्याएको छ । जस अनुसार विश्वविद्यालयको स्वामित्वमा रहेको त्रिपुरेश्वरको १० रोपनी १३ आना ३ पैसा जग्गाको बहाल उठाउन बाँकी रहेको छ ।

सो जग्गा ३० वर्षको लागि लिजमा दिई व्यावसायिक भवन ठडाइएका छन् । त्यस जग्गा लिजमा लिनेदिने गरी २०५९ माघ २ त्रिभुवन विश्वविद्यालयले एक कम्पनीसँग गरेको सम्झौता अनुसार हाल सम्म ति कम्पनीले उपभोग गर्दै आएको तर बहाल नतिरेको खुलेको छ ।

त्रिविसँग भएको सम्झौता अनुसार उक्त कम्पनीले गत आर्थिक वर्षसम्म लिज बहाल बापत विश्वविद्यालयलाई ९ करोड ६३ लाख ६० हजार बुझाउनुपथ्र्याे तर ६ करोड ७६ लाख मात्र बुझाएको देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । त्यस कम्पनीले २ करोड ८७ लाख

६० हजार तिर्न बाँकी रहेकाले सम्झौता बमोजिम

विलम्बसमेत जोडेर बाँकी रकम असुल गर्न महालेखाले त्रिविलाई आदेश दिएको छ । महालेखाको प्रतिवेदन अनुसार त्रिभुवन विश्वविद्यालय र अन्तर्गतका निकायहरूको पूर्ण स्वामित्वमा १ करोड ३१ लाख ३७ हजार वर्गमिटर, भोगाधिकार ९ लाख ९९ हजार वर्गमिटर र अन्य ६ लाख ५३ हजार वर्ग मिटर समेत १ करोड ४७ लाख ८९ हजार वर्गमिटर ९१ हजार ४७९ हेक्टर जग्गा रहेको छ ।

जसमध्ये विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरको ११३ रोपनी लेबोरेटरी स्कूललाई १५ वर्षको लागि भाडामा दिएको जग्गा स्कुलले फिर्ता गरेको छैन ।

त्यसैगरी बागमती नदी किनाराको १५ रोपनी जग्गा एक संस्थाले भोगचलन गरिरहेको र १३ रोपनी जग्गा विभिन्न मितिमा २ संस्थाले प्रयोग गरिरहेको तर विश्वविद्यालयले कुनै आम्दानी प्राप्त नगरेको प्रतिवेदनमा उल्लेख छ ।

सुदूरपश्चिम विश्वविद्यालयको पनि ३८० बिघा जग्गामध्ये ३०० बिघा जग्गा अतिक्रमण भएको छ । त्यस्तै, नेपाल संस्कृत विश्वविद्यालय र आङ्गिक विद्यापीठको स्वामित्वमा तराईमा १ हजार ७१८ बिघा १८ कठ्ठा र पहाडी क्षेत्रमा १०२ रोपनी ९ आना जग्गा रहेकोमा ४०८ बिघामा मोही कायम भएको र १२ बिघामा स्वामित्व विवाद रहेको उल्लेख छ ।

Skip This
Skip This
Logo