सक्सेस एब्रोड स्टडीद्धारा ‘एड्मिसन डे’ आयोजना, सहभागी हुने विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति

सक्सेस एब्रोड स्टडीद्धारा ‘एड्मिसन डे’ आयोजना, सहभागी हुने विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । शैक्षिक परामर्शदाता सक्सेस एब्रोड स्टडीले जापानमा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीहरूको लागि जेठ १२ गते ‘एड्मिसन डे’ को आयोजना गर्ने भएको छ ।

सक्सेस एब्रोड स्टडीको केन्द्रिय कार्यालय बागबजारमा आयोजना गरिने उक्त कार्यक्रम १२ को परीक्षा दिएर बसेका विद्यार्थीलक्षित रहेको सक्सेस एब्रोड स्टडीका प्रवन्ध निर्देशक भवनाथ हुमागाईंले जानकारी दिए ।

एड्मिसन डेमा सहभागी भएकामध्ये एक जना विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्तिको प्रावधान पनि राखिएको छ । त्यसैगरी जापानबाट आएका दक्ष काउन्सिलरद्धारा शैक्षिक परामर्श दिइनेछ ।

त्यतिमात्र होइन, दक्ष तथा अनुभवी परामर्श दाताका रुपमा रहेको सक्सेस एब्रोड स्टडीका प्रवन्ध निर्देशक हुमागाँईबाट समेत परामर्श लिन सकिनेछ । यस कार्यक्रममा सहभागी हुने विद्यार्थीले तथ्यपरक कलेजका जानकारी लिन सक्नेछन् ।

विशेषगरी कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुले २०२६ को अप्रिलमा इन्टेकका लागि अप्लाई गर्न योग्य भएकाले प्लस टुको नतीजा आउँदासम्म आफ्नो भाषामा निखारता ल्याउनका लागि एड्मिसन डे एक महत्वपूर्ण कार्यक्रम भएको आयोजक पक्षले जनाएको छ । त्यसैगरी जापान गएर उच्च शिक्षा हासिल गर्ने उदेश्य पूरा गर्नका लागि सक्सेस एब्रोड स्टडीमा आउन पनि आयोजक पक्षले विद्यार्थीहरुलाई आग्रह गरेको छ ।

विगत ११ वर्षदेखि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको सक्सेसले विश्वव्यापी रुपमा सेवा प्रदान गर्नका लागि उच्च स्तरको वेवसाइट निर्माण गरेको छ र एड्मिसन डेको दिन नै उक्त वेबसाइटको औपचारिक उद्घाटन पनि गर्ने जानकारी दिइएको छ ।

सो वेबसाइटमार्फत विद्यार्थीहरुले इन्टरनेटको सुविधा राम्रो नभएको स्थानबाट पनि सक्सेससँग जोडिएर शैक्षिक परामर्श लिन सक्नेछन् । यसरी विद्यार्थीहरुले छिटो र छरिटो रुपमा सूचना प्राप्त गर्न सक्नेछन् । विद्यार्थीले वबसाइट लग इन गरेर जिज्ञासा राखेको ३० सेकेन्डभित्र सक्सेस एब्रोड स्टडीबाट सम्पर्क गरिनेछ र सम्पूर्ण जानकारी सजिलै उपलब्ध गराइने निर्देशक हुमागाईंले जानकारी दिए ।

Logo