१०औं मेगा एजुकेसन फेयर -२०२५ सफलतापूर्वक सम्पन्न

१०औं मेगा एजुकेसन फेयर -२०२५ सफलतापूर्वक सम्पन्न

केन्द्रबिन्दु
18
Shares

काठमाडाैं । १०औं मेगा एजुकेसन फेयर–२०२५ सफलतापूर्वक सम्पन्न भएको छ ।

नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा सम्पन्न १०औं मेगा एजुकेसन फेयर–२०२५ ले विद्यार्थी, अभिभावक र शैक्षिक संस्थानहरूबीच सशक्त सम्बन्ध स्थापित गर्दै उच्च शिक्षाका अवसरहरूबारे जानकारी प्रदान गरेको छ ।

मेलामा १६ भन्दा बढी मार्केट लिडिङ शैक्षिक परामर्श संस्थाहरूको सहभागिता रहेको थियो । युरोप, अमेरिका र एसियाली मुलुकहरूमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले विशेषज्ञ परामर्शदाताहरूबाट व्यक्तिगत सल्लाह र मार्गदर्शन प्राप्त गरेका थिए।

एक दिने मेगा एजुकेसन फेयरमा विद्यार्थी र अभिभावहरुको बाक्लो उपस्थिती रहेको थियो । यो एकदिने मेलाको मुख्य उद्देश्य विद्यार्थीहरूलाई करियर मार्गदर्शन, छात्रवृत्ति, शैक्षिक योग्यता, कोर्स विवरण र अध्ययनको लागतबारे यथार्थपरक जानकारी उपलब्ध गराउनु थियो ।

मेलाका आयोजक वानअफका सिईओ रवि शंकर झाले तीन महिनाको तयारीपछि यो फेयरले अपेक्षाभन्दा उत्कृष्ट नतिजा दिएको बताए । यो फेयरले नेपालमा शैक्षिक जागरूकता र अवसरको खोजीमा नयाँ आयाम थपेको पनि आयोजक झाले बताए ।

Skip This
Skip This
Logo