पढ्दै कमाउने शिक्षा नीति अँगाल्न सके नेपालको भविष्य बदलिन्छ -प्रिन्सिपल कृष्णदत्त अवस्थी [भिडियो]

पढ्दै कमाउने शिक्षा नीति अँगाल्न सके नेपालको भविष्य बदलिन्छ -प्रिन्सिपल कृष्णदत्त अवस्थी [भिडियो]

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । कक्षा ११ र १२ विश्वविद्यालय शिक्षाको आधारस्तम्भ मात्र होइन, जीवनको दिशा तय गर्ने मोड पनि हो । आजको शिक्षा समय सान्दर्भिक बन्ने हो भने, यसले केवल किताबी ज्ञान होइन, व्यवहारिक सीप, मूल्य र नेतृत्व क्षमताको विकास गर्नुपर्छ । शिक्षा सुधारको मुल जरो भनेको पूर्वाधार, दक्ष जनशक्ति, र प्राज्ञिक स्वतन्त्रता हो । प्रविधि, अनुसन्धान र शिक्षणशैलीमा नवीनता ल्याएर मात्र हामी बदलिँदो विश्वसँग समकक्ष हुन सक्छौं । शिक्षा अब प्रमाणपत्र हैन, भविष्य निर्माणको सशक्त माध्यम बन्नुपर्ने बेला आएको छ । शिक्षा कस्तो हुनुपर्छ, गरिखाने शिक्षा कस्तो शिक्षालाई भन्ने, नेपालललाई शैक्षिक गन्तव्य बनाउन सम्भव छ यी यावत विपषयमा लिटल एन्जल्स कलेजका प्रिन्सिपल कृष्णदत्त अवस्थीसँग केन्द्रबिन्दुका लागि सरीता चौधरीले गरेको कुराकानी-

तपाईं ४० वर्षदेखि शिक्षा क्षेत्रको नेतृत्व गरिरहनु भएको छ, यो दौरानमा शिक्षामा कस्तो परिवर्तन भएको पाउनु भएको छ ?

-शिक्षामा विगतको भन्दा केही तुलनात्मक रुपमा च्यालेन्जहरु र चुनौतीहरु थपिँदै गएका छन् र केही प्रगति हुँदै पनि गएको छ । तर अझै पनि विद्यार्थीको सर्भाइभका लागि गरि खाने शिक्षा आवश्यक छ । रोजगारीसँग जोड्ने शिक्षा र रोजगारीसँग जोडिसकेपछि त्यसलाई बजारसँग जोड्ने शिक्षा प्रणाली आवश्यक छ ।

वास्तवमा गरिखाने शिक्षा कस्तो हुनुपर्छ ?

-मेरो विचारमा गरिखाने शिक्षा भनेको के हो भने कम्तिमा एसएलसी पास गरिसकेपछि विद्यार्थीले कस्तो–कस्तो काम गर्न सक्छन्, त्यसको पहिचान गर्न आवश्यक छ । विद्यार्थीले कमसेकम सर्भाइभ हुनेगरी थोरै थोरै कमाइ गर्न, पैसा आउन सक्ने, बजारमा उसले बेच्न सक्ने खालको सिप डेभलप गर्ने प्रणालीको विकास हुनुपर्छ ।

शिक्षा सर्टिफिकेट मात्रै हातमा आउने खालको हुनु भएन । ब्याचलर सकेपछि त्यो लेभलको कमाइ हुने त्यो लेभलको उसले आफूलाई योग्य प्रमाणित गर्नसक्ने खालको शिक्षा हुनुपर्याे । विश्वमा माग बढिरहेको आईटी, एआई शिक्षा दिन आवश्यक छ ।

करिकुलम एउटा बनाएको छ त्यो बनाएको करिकुलमलाई पढ्दै कमाउँदै भन्ने चाहिँ कहाँनिर लगाउने हो तोकिएको छैन ।

त्यसैगरी खाली रट्ने र घोक्ने पाठ्यक्रम भन्दा पनि अहिले कम्प्युटर र आइटीका कुराहरु छन् । जीवनमा जहिल्यै काम लाग्ने प्लम्बिङ, इलेक्ट्रिसियन जस्ता विधामा दक्ष बनाउन सकिन्छ । पछिल्लो समय आइटी सम्बन्धीका कुराहरुदेखि लिएर र कुकिङ, क्लिनिङ, जस्ता सिप सिकाउन सकिन्छ । शैक्षिक संस्थाले किताबमा भएका कुरा पढाइदिने, सर्टिफिकेट हातमा हातमा थमाइदिँदा दैनिक जीवनमा आइपर्ने समस्यालाई समेत फेस गर्न नसक्ने र सिपविहीन विद्यार्थी जन्मिन थाले ।

अहिले कक्षा १२ सम्मलाई माध्यमिक तह मानिन्छ, तर कक्षा ११ र १२ मा पढ्दै कमाउँदै नीति लागू गर्न सकिने कस्तो सम्भावना देख्नुहुन्छ ?

सम्भावनाको कुरा गर्दा थोरै चिन्ता लाग्छ, किनभने करिकुलम एउटा बनाएको छ त्यो बनाएको करिकुलमलाई पढ्दै कमाउँदै भन्ने चाहिँ कहाँनिर लगाउने हो तोकिएको छैन ।

कृषि पढाउने विद्यालयले प्रशस्त जग्गा भाडामा लिएको छ या प्रशस्त आफ्नै जग्गा छ भने त्यहाँ विद्यार्थीलाई खेतीपाति गराएर कमाउने खालको वातावरण दिन सक्छ । आइटी सम्बन्धी, टेक्निकल सम्बन्धी खोलेका स्कुलहरुले कलेजहरुले त्यही फिल्डमा लगाएर त्यसै फिल्डको काममा सिकाएर विद्यार्थीलाई पढ्दै कमाउँदै पनि लगाउन सक्छन् ।

कक्षा ११ र १२ विश्वविद्यालय शिक्षाको आधारस्तम्भ मात्र होइन, जीवनको दिशा तय गर्ने मोड पनि हो ।

नेपाली, इङ्लिस, सामाजिक पढाउँदा र त्यसलाई कमाउने पाटोसँग कहाँ जोड्ने हो भन्ने अर्को चिन्ताको विषय छ । त्यसको लागि सरकारले नीति तथा कार्यक्रममा ल्याइसकेपछि पनि यसको लागि निश्चित खाका तयार पार्नुपर्छ ।

लिटिल एन्जल्स कलेजमा शैक्षिक गतिविधीहरु कसरी सञ्चालन भैरहेको छ ?

-धेरै हदसम्म त परम्परागत कुराहरु, सरकारका कुराहरु नै फलोअप गर्दै जानुपर्ने बाध्यता छ । पाठ्यक्रम सँगसँगै इसीए, सीसीए अन्तर्गत बक्तृत्व कला, क्विजका कन्टेस्ट, लेखन शैलि, वक्तीतव कला, जस्ता अतिरिक्त कृयाकलापहरुको कक्षा सञ्चालन हुँदै आएको छ ।

एक्टिभिटीहरु सञ्चालन गरेर विद्यार्थीलाई थप स्ट्रङ बनाउने, कन्फिडेन्ट लेभल हाई गराउनेतर्फ लिटल एन्जल्स अग्रसर रहेको छ । यस कलेजमा अध्ययन गर्ने विद्यार्थीहरु खेलकुदमा पनि उत्तिकै पोख्त रहेका छन् । पछिल्लो वर्षको साफ च्याम्पियनसिपमा मात्रै एक जना गुरुसहित नौ जना विद्यार्थीले मेडल जितेका थिए ।

किताबमा भएका कुरा पढाइदिने, सर्टिफिकेट हातमा हातमा थमाइदिँदा दैनिक जीवनमा आइपर्ने समस्यालाई समेत फेस गर्न नसक्ने र सिपविहीन विद्यार्थी जन्मिन थाले ।

विद्यार्थीको रुचि अनुसार मार्सल आर्ट, कराँते जस्ता विभिन्न खेलकुदमा पनि संलग्न गराइन्छ भने विद्यार्थीमा सहयोगी भावनाको विकास गर्नका लागि सामाजिक कार्यमा पनि उत्तिकै अब्बल बनाउन तत्पर छौं ।

लिटल एन्जल्समा भौतिक संरचनाको व्यवस्था कस्तो रहेको छ ?

लिटल एन्जल्स कलेज ३५० रोपनी क्षेत्रफलमा फैलिएको छ । शिक्षण सिकाई शान्त र पठनीय वातावरणमा हुनुपर्छ त्यसलाई मध्यनजर गर्दै होहल्लाभन्दा टाढा रहेको छ । हरियाली वातावरण रहेको छ । शैक्षिक सुधारमा शिक्षकहरुकको महत्वपूर्ण भूमिका रहेको हुन्छ, त्यसलाई मध्यनजर गर्दै फुल टाइम शिक्षकहरु रहेका छन् । विद्यार्थीको लागि स्विमिङ पुलदेखि जिमको समेत ब्यवस्था रहेको छ ।

होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई इन्टर्नसिपका लागि रेस्टुरेन्ट पनि कलेजले नै ब्यवस्था गरेको छ ।

भौतिक रुपमा ल्याब, लाइब्रेरी, सिस्टेमेटिक डिजिटल क्लासरुमहरु, स्मार्ट बोर्ड, आवश्यक पर्ने भौतिक पूर्वाधारदेखि उसलाई शैक्षिक पूर्वाधारको व्यबस्था पनि रहेको छ ।

होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई इन्टर्नसिपका लागि रेस्टुरेन्ट पनि कलेजले नै ब्यवस्था गरेको छ । जिल्लाभन्दा बाहिरका विद्यार्थीका लागि होस्टेलको पनि ब्यवस्था रहेको छ । लिटल एन्जल्सले कक्षा ११ मा ब्यवस्थापन र विज्ञानका शैक्षिक कार्यक्रमहरु सञ्चालन गरेको छ ।

लिटल एन्जल्समा शिक्षकहरुको व्यवस्था कस्तो रहेको छ ?

हामीले हरेक वर्ष विभिन्न प्रोग्रामको टिचरहरुलाई आवश्यकता अनुसारको तालिम दिइरहेका हुन्छौँ । कहिलेकाहिँ कन्टेन्ट, करिकुलमसम्बन्धी पनि तालिम दिइरहेका हुन्छौँ । लर्निङका ट्रेन्डहरु र त्यसका च्यालेन्जहरु के छन् त्यसको बारेमा, लेटेस्ट एआई सम्बन्धी र स्मार्ट बोर्ड सम्बन्धी । जस्तै, अब बच्चाहरुलाई डिजिटल्ली कसरी पढाउने भन्ने सम्बन्धी, यो विशेष प्रकारका तालिमहरु हामी हरेक वर्ष टिचरहरुलाई दिइरहेका हुन्छौँ ।

लिटल एन्जल्स कलेज विद्यार्थीहरुको रोजाइमा पर्नुको कारण के हो ?

भौतिक पूर्वाधार नेपालमा सबैभन्दा अब्बल स्थानमा छौं । खेल्नेलाई खेलका लागि र पढ्नेलाई पढाईका लागि वातावरण रहेको छ । थप एकेडेमिकल्ली पनि धेरै वर्षदेखि देशकै टप टेन कलेजको रुपमा रहेको छ । लिटल एन्जल्सले विद्यार्थीलाई समयानुकुल शिक्षा दिएको छ । त्यसैले देशभरीकै विद्यार्थी र अभिभावकको रोजाईमा पर्ने गरेको छ ।

लिटल एन्जल्समा अध्ययन गरेका विद्यार्थीहरु प्रतिष्ठित स्थानमा कार्यरत रहेका छन् । साइबर सेक्युरिटीको सम्बन्धमा साइबर ब्यूरासँगको सहकार्यमा ट्रेनिङ दिन्छौँ । काउन्सिलिङ डिपार्टमेन्ट पनि छ । विद्यार्थीलाई कुनै समस्या पर्याे भने काउन्सिलिङ गर्ने गरिन्छ ।

लिटल एन्जल्सले विद्यार्थीहरुलाई कसरी छात्रवृत्ति प्रदान गरिरहेको छ ?

विद्यार्थीलाई प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गर्नु एक महत्वपूर्ण पक्ष हो । लिटल एन्जल्सले निड बेसमा छात्रवृत्ति दिने गर्छ । विद्यार्थीको पर्फमेन्सको आधारमा मेरिटोरियस छात्रवृत्ति भनेर पनि दिइराखेका छौं । पढाइमा ४ जिपिए ल्याउने, ३.९ वा बिट्विन फोर ल्याउने, ३.८ टु ३.९ ल्याउने र ३.६ भन्दा माथि ल्याउने विद्यार्थीलाई पनि छात्रवृत्ति प्रदान गरिन्छ ।

कोटा तोकेर ४ मा ४ ल्याउनेलाई सतप्रतिशत छात्रवृत्ति दिने गरिएको छ । ३.९ ल्याउनेलाई ७५ प्रतिशत दिएका छौँ । ३.८ टु ३.९ ल्याउनेलाई ५० प्रतिशत छात्रवृत्ति दिएका छौँ । ३.६ देखि ३.८ सम्म ल्याउने विद्यार्थीलाई २० प्रतिशत छात्रवृत्ति दिएर भर्ना गरिरहेछौँ ।

जेहेन्दार, पिछडिएको क्षेत्र, वर्गलाई क्याटोगोरी छुट्याएर पनि छात्रावृत्ति प्रदान गरिन्छ । त्यसैगरी स्थानीय तहले सिफारिस गरेअनुसार पनि प्रदान गर्ने ब्यवस्था रहेको छ ।

विद्यार्थीले कक्षा ११ अध्ययनका लागि शैक्षिक संस्थाको छनौट कसरी गर्ने ? तपाईंको सुझाव के छ ?

पहिलो कुरा त विद्यार्थीले कुन विषय पढ्न खोजेको हो, उक्त विषयमा गुरस्तरिय शिक्षा कुन संस्थाले दिइरहेको छ, पढाइ मात्रै सबै थोक होइन । खेलेर फिजिकल्ली मेन्टल्ली सबै कुरा स्वस्थ राखेर पढ्नुपर्ने र पढाउनुपर्ने अवस्था हुन्छ त्यस विषयलाई ध्यानमा राख्न आवश्यक छ ।

पढ्ने वातावरण शान्त होस्, सकेसम्म डिस्टर्ब नहोस् विद्यार्थीलाई पनि म यहाँ पढिरहेको छु भन्ने एक प्रकारको प्राउड फिल होस् । आर्थिक रुपमा पनि सकेसम्म एभरेज एफोर्डेबल फी भएको । यी सबै कुराहरु बुझेर विद्यार्थी, अभिभावकहरुले विद्यालय छान्नुपर्छ ।

सरकारसँग इच्छाशक्ति हुने हो भने नेपाल छिट्टै नै शैक्षिक गन्तव्यको रुपमा विकास हुन्छ ।

के नेपाललाई शैक्षिक हबको रुपमा विकास गर्न सकिन्छ ?

वास्तवमै नेपाललाई शैक्षिक गन्तव्य बनाउन सकिन्छ । सरकारले त्यो पहल सुरु पनि गरिसक्या छ । तर अब यतिले मात्रै पुग्दैन । विद्यार्थीहरु आइसकेपछि भिसाको कुरा मात्रै होइन, बसोबासको पनि ब्यवस्था गर्न सक्नुपर्याे । त्यहि अनुसारको शैक्षिक कार्यक्रमहरु पाठ्यक्रमहरुको व्यवस्था युनिभर्सिटीले पनि गर्न सुरु गर्नुपर्छ ।

सरकारले त्यो खालको अनुमति दिनुपर्छ । नेपाल सगरमाथा भएको देश अथवा पर्वतीय–पर्वत, हिमालय, हिमालको देश, बीर गोर्खालीहरुको देश यी धेरैका कारणले नेपालमा विदेशीहरु आउन रहर गर्छन् । नेपालको पढाई तुलनात्मक रुपमा सस्तो पनि छ । त्यसैले सरकारसँग इच्छाशक्ति हुने हो भने नेपाल छिट्टै नै शैक्षिक गन्तव्यको रुपमा विकास हुन्छ ।

Skip This
Skip This
Logo