काठमाडौं । काठमाडौंमा अवस्थित वीरा एजुकेसन कन्सल्टेन्सी ‘इमर्जिङ कन्सल्टेन्सी इन नेपाल अवार्ड’बाट सम्मानित भएको छ ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि.ले ललितपुरमा आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ मार्फत वीरा ‘इमर्जिङ कन्सल्टेन्सी इन नेपाल अवार्ड’ बाट सम्मानित भएको हो ।
वीरा एजुकेशन अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा नयाँ स्थापना भएको कन्सल्टेन्सी हो, जसले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई विशेष अध्ययन र करियर परामर्श सहयोग प्रदान गर्दछ ।
नयाँ स्थापना भए पनि, कन्सल्टेन्सीलाई अष्ट्रेलिया, न्यूजील्याण्ड, अमेरिका, इङ्गल्याण्ड र क्यानडा जस्ता लोकप्रिय गन्तव्यहरूमा विद्यार्थीहरूलाई मार्गदर्शन गर्ने सात वर्षभन्दा बढी अनुभव भएका शिक्षा सल्लाहकारहरूद्वारा समर्थित छ ।





























प्रतिक्रिया