विद्यार्थीको चौतर्फी विकासमा समर्पित, एनसीसीएस चण्डोल

विद्यार्थीको चौतर्फी विकासमा समर्पित, एनसीसीएस चण्डोल

केन्द्रबिन्दु
222
Shares

काठमाडौं । चण्डोलस्थित नेशनल क्रीएटीभ को–एजुकेशनल स्कुल (एनसीसीएस) हजारौं विद्यार्थीहरूको सपना साकार पार्ने एक परिचित शैक्षिक थलो हो ।

एनसीसीएसले छोटो समयमै समाजमा एक अग्रणी र सुसज्जित विद्यालयको रूपमा आफ्नो पहिचान बनाएको छ। समय सापेक्षित र युग सुहाउँदो शिक्षा विद्यार्थीलाई दिनमा दृढ रहेको यस स्कुल अभिभावक र विद्यार्थीको पहिलो रोजाइमा पर्ने गर्छ । यसले कक्षा १ देखि १२ सम्मको शिक्षा प्रदान गर्दछ, जसमा व्यवस्थापन र विज्ञान संकायमा प्लस टु कार्यक्रम पनि समावेश छ।

चण्डोलमा आफ्नै नयाँ निर्मित भवनमा अवस्थित एनसीसीएसमा विद्यार्थीहरूका लागि पर्याप्त खाली ठाउँ र खेल मैदान उपलब्ध छ। विद्यालयमा कम्प्युटर ल्याब, विज्ञान ल्याब, प्राथमिक उपचार सुविधा, र क्याफेटेरिया जस्ता आवश्यक सुविधाहरू छन्। एनसीसीएसमा अनुभवी प्राध्यापक तथा कर्मचारीहरूको टोली छ, जसले विद्यार्थीहरूको शिक्षा र समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्छन्।

एनसीसीएसले विद्यार्थीहरूलाई आत्मनिर्भर, स्वतन्त्र, सक्षम र नैतिकवान नागरिक बनाउने लक्ष्य राखेको छ।

एक दशक बढी समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको एनसीसीएसको मुख्य उद्देश्य “उद्देश्यपूर्ण साक्षर समाज, विचारसहितको प्रगतिशील समाज, र सबैका लागि राम्रो र उज्ज्वल भविष्य स्थापना गर्न कार्यरत सचेत समाज” निर्माण गर्नु हो। विद्यालयले विद्यार्थीहरूलाई आत्मनिर्भर, स्वतन्त्र, सक्षम र नैतिकवान नागरिक बनाउने लक्ष्य राखेको छ।

एनसीसीएसले नेपालको सांस्कृतिक सम्पदाको संरक्षण गर्ने तत्वहरूलाई पनि पाठ्यक्रममा समावेश गर्दछ, जसले सांस्कृतिक विविधताको महत्वलाई मान्यता दिँदै सांस्कृतिक समझ र प्रशंसालाई बढावा दिन्छ। विभिन्न सांस्कृतिक र भाषिक समूहहरू बीच सद्भाव बढाउने शिक्षा विधिहरूमा जोड दिनु यसको पाठ्यक्रमको एक प्रमुख पक्ष हो।

समय सापेक्षित र युग सुहाउँदो शिक्षा विद्यार्थीलाई दिनमा दृढ रहेको यस स्कुल अभिभावक र विद्यार्थीको पहिलो रोजाइमा पर्ने गर्छ ।

शैक्षिक क्षेत्रमा आफ्नो कुशल छविको छाप बनाएको एनसीसीएसले प्रयोगात्मक र विद्यार्थीको चौतर्फी विकासलाई विशेष प्राथमिकता दिँदै आएको छ । जसका कारण आज एनसीसीएस शैक्षिक क्षेत्रको एउटा अब्बल संस्थाको रूपमा परिचित छ । त्यसकारण एनसीसीएस एसईई पश्चात् प्लस टु अध्ययनको लागि उत्कृष्ट गन्तव्य हुनेमा द्विमत छैन ।

Skip This
Skip This
Logo