सक्सेस अब्रोड स्टडीद्वारा शिक्षक आदानप्रदान कार्यक्रम आयोजना, जापानीज भाषा अध्ययन गर्ने विद्यार्थीहरूलाई अवसर

सक्सेस अब्रोड स्टडीद्वारा शिक्षक आदानप्रदान कार्यक्रम आयोजना, जापानीज भाषा अध्ययन गर्ने विद्यार्थीहरूलाई अवसर

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । काठमाडौंको बागबजारमा अवस्थित शैक्षिक परामर्श संस्था सक्सेस अब्रोड स्टडीले जापानीज भाषा अध्ययन गर्ने विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय अनुभव दिलाउने उद्देश्यले विशेष शिक्षक आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

जापानको फुकुओकास्थित कोदो इन्टरनेशनल जापानीज ल्याङ्गवेज स्कूलसँगको सहकार्यमा आयोजित कार्यक्रममा कोदोका प्रिन्सिपलसहित जापनिज शिक्षकहरूको उपस्थिती रहेको थियो । ती शिक्षकहरूले सक्सेस अब्रोड स्टडीका विभिन्न कक्षामा नेपाली शिक्षकहरूसँगै बसेर शिक्षण शैली, शिक्षण सिकाईलाई प्रभावकारी बनाउने उपायहरूबारे तीन घण्टासम्मको साझा सत्र सञ्चालन गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरूले जापानी संस्कार र अनुशासन, संवाद गर्ने शिष्टाचार, फोहोर व्यवस्थापनका तरिका, तथा आधारभूत अभिवादनलगायतका विषयमा प्रत्यक्ष सिक्ने अवसर पाएको सक्सेस एब्रोड स्टडीका प्रबन्ध निर्देशक भवनाथ हुमागाईँले बताए ।

विद्यार्थीहरूले जापानमा फोहोर छुट्याएर फाल्ने अभ्यास, पुस्तकको प्रकार, लेखाइको शैली, अध्ययन सामग्री छनोट गर्ने तरिका र अभिवादन जस्ता आधारभूत तर महत्त्वपूर्ण सीपहरू सिक्ने अवसर पाएका थिए । आयोजक संस्थाका अनुसार, यी आधारभूत तर प्रभावकारी सिकाइहरूले विद्यार्थीहरूलाई जापानी जीवनशैली र सांस्कृतिक व्यवहार बुझ्न सहयोग पुगेको छ।

कार्यक्रममा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

Logo