काठमाडौं । शैक्षिक परामर्श संस्था सक्सेस अब्राेड स्टडीको केन्द्रिय कार्यालय काठमाडौंमा र शाखा कार्यालय बनेपामा कोदो इन्टरनेशनल कलेज जापानको सहकार्यमा आयोजित दुई दिने विशेष सेमिनार सफलतापूर्वक सम्पन्न भएको छ ।
यो सेमिनारको पहिलो दिन हिजो काठमाडौंस्थित सक्सेस अब्राेड स्टडी कार्यालयमा सम्पन्न भएको थियो भने दोस्रो दिन बनेपा कार्यालयमा आयोजना गरिएको हो । सेमिनारमा कोदो इन्टरनेशनल कलेजका प्रिन्सिपल स्वयं उपस्थित भई सहभागी शिक्षक विद्यार्थीहरूसँग जापानिज शिक्षा, भाषा सिकाइ प्रविधि र शिक्षण–अध्ययनको नयाँ पद्धतिहरूको अनुभव बाँडेकी थिइन् ।
कार्यक्रमका क्रममा दुवै पक्षबीच शिक्षण पद्धति, व्यवस्थापन र विद्यार्थीको शैक्षिक प्रगतिबारे विस्तृत छलफल तथा अनुभव आदान प्रदान गरिएको थियो । सेमिनारमा सहभागी विद्यार्थीहरूलाइ जापानको शिक्षण वातावरण, कलेजको अनुशासन र जीवनशैलीबारे प्रत्यक्ष रूपमा सम्बनिधत जानकारी गराइएको हो । उनीहरूले कोदो इन्टरनेशनल कलेज का टोलीसँग भेटघाट र प्रश्नोत्तर कार्यक्रममार्फत आफ्नो जिज्ञासा मेटाउने अवसर पाएका थिए ।
सहभागी विद्यार्थीहरुले २०२६ अप्रिल इनटेकमै जापान जाने तयारी गरीरहेका हुनाले यस कार्यक्रमबाट आफुहरुले जापानको अध्ययन अध्यापनबारे धेरै कुरा सिक्न पाएकोमा खुशी व्यक्त गरे ।

भिजिटका क्रममा जापान गएको समयमा सक्सेस अब्रोड स्टडीका प्रबन्ध निर्देशक भवनाथ हुमागाईँलेले कोदो इन्टरनेशनल कलेजमा गएर सक्सेस अब्रोड स्टडीमार्फत अध्ययनका लागि त्यहाँ पुगेका विद्यार्थीहरुको अनुभव र हाम्रा विद्यार्थीहरुले गर्ने गतिविधी र अनुशासनका बारेमा बुझ्नुहुनछ र आवश्यक सल्लाह सुझाव दिने गरेका छन् । साथै उक्त समयमा कलेजका बिभिन्न प्रतिनिधीहरुसँग भेटघाट गरी आवश्यक परामर्श गर्ने गरेका छन् । यसैलाइ मध्यनजर गर्दै कलेजका प्रतिनिधिहरुले सक्सेस अब्रोड स्टडीलाइ विशेष प्राथमिकतामा राखेर यो सेमिनारमा सहभागी भएका हुन् ।

यस अवसरमा पनि दुवै संस्थाबीचको सहकार्य, विद्यार्थी–शिक्षकबीचको आपसी सम्बन्ध र सहकार्यलाइ मिलेर अघि बढाउने विषयमा छलफल भएको थियो । दुवै पक्षका प्रतिनिधिहरूले यस प्रकारको सेमिनारले विद्यार्थीहरूमा अध्ययनप्रतिको प्रेरणा बढाउनुका साथै दुवै देशका शिक्षा प्रणालीलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा कोदो इन्टरनेशनल कलेजबाट आएको प्रतिनिधी मण्डलले नेपाली शिक्षक विद्यार्थीहरूको मेहनत र शैक्षिक क्षमताको प्रशंसा गर्दै भविष्यमा अझ मजबुत सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।





























प्रतिक्रिया