‘आईएसएमटी जब फेयर २०२५’ सफलतापूर्वक सम्पन्न

‘आईएसएमटी जब फेयर २०२५’ सफलतापूर्वक सम्पन्न

केन्द्रबिन्दु
24
Shares

काठमाडाैं । आईएसएमटी कलेजको आयोजनामा ‘आईएसएमटी जब फेयर २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ । तीनकुनेकाे गैरीगाउँस्थित कलेज परिसरमा मंगलबार जब फेयरमा नेपालका प्रतिष्ठित २२ कम्पनीले स्टल राखेका थिए ।

साे अवसरमा आफ्नो अध्ययन सम्पन्न गरेका २५० विद्यार्थी अन्तर्वार्तामा सहभागी भएका थिए । विद्यार्थीहरुलाई डिग्री मात्र उपलब्ध गराउने नभई दक्ष, सबल र सक्षम बनाउने उद्देश्यका साथ सञ्चालित यस आईएसएमटी कलेजले वर्षमा कम्तीमा दुई पटक यस किसिमको जब फेयर आयोजना गर्दै आएको छ । कलेजले यस किसिमका पहलले अध्ययन सकेका विद्यार्थीहरूलाई आफ्नो क्यारियर को सुरुवात गर्न सहज हुने विश्वास लिएको छ ।

आईएसएमटी कलेजका विजनेस डेभलपमेन्ट हेड बासुदेब वस्तीले इन्डस्ट्री फोकस करिकुलम पढाई भइरहेकाले आफ्ना विद्यार्थीहरु इन्डस्ट्रीमा जानका लागि तयार भैसकेको जानकारी दिए । विद्यार्थीले चाहेकाे खण्डमा धेरै कम्पनीमा अन्तर्वार्ता दिएर उसले आफ्नो बेस्ट कम्पनी र बेस्ट पोजिसन चुज गर्न सक्ने उनकाे भनाइ छ ।

यसैगरी आईएसएमटी कलेजका कम्प्यूटिङ हेड सिला पौडेलले कलेज इन्डष्ट्रिज र विद्यार्थीबिच सम्बन्ध कायम गर्न ब्रिजको काम गर्दै आएको जानकारी दिइन् ।

आईएसएमटी कलेजका विजनेस डेभलपमेन्ट हेड बासुदेब वस्तीले इन्डस्ट्री फोकस करिकुलम पढाई भैरहेकाले आफ्ना विद्यार्थीहरु इन्डस्ट्रीमा जानका लागि तयार भई सकेको जानकारी दिए ।

यसैगरी आईएसएमटी कलेजका कम्प्यूटिङ हेड सिला पौडेलले आइएसएमटी कलेज इन्डष्ट्रिज र विद्यार्थीबिच सम्बन्ध कायम गर्न ब्रिजको काम गर्दै आएको जानकारी दिइन् । जब फेयरमा सहभागी विद्यार्थीहरुले कलेजद्धारा नै यस्तो राम्रो अवसर सिर्जना गरिदिएकोमा आभार ब्यक्त गरे ।

बेलायतको युनिभर्सिटी अफ सन्डरल्याण्ड बाट सम्बन्धन प्राप्त यस आईएसएमटी कलेजले बिबिए, बिएचएम, बीएस्सी आइटी, बीएस्सी (अनर्स) साइबर सेक्युरिटी र डिजिटल फोरेन्सिक एमबिए तथा एमएस्सी कम्युटिंगलगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ । आईएसएमटी ग्रुपअन्तर्गत युनिभर्सिटी अफ सन्डरल्याण्ड युकेकै सम्बन्धनमा नेपालका प्रमुख सहरहरू चितवन, पोखरा, विराटनगर र बुटवलमा आफ्ना कलेजहरू सञ्चालन गरिरहेको छ ।

आईएसएमटी कलेज अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त शिक्षा दिने उद्देश्यसहित सन् २०११ मा काठमाडौंको तिनकुनेस्थित गैरीगाँउमा स्थापना भएको कलेज हो । विश्वकै प्रतिष्ठित बेलायतको युनिभर्सिटी अफ सन्डरल्याण्डबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेज, स्थापनाको छोटो समयावधिमै गुणस्तरीय एवम् परिणामुखी शिक्षा प्रदान गर्ने कलेजका रुपमा स्थापित छ । स्थापनाकालदेखि नै घोकन्ते भन्दा व्यवहारिक शिक्षामा ध्यान दिँदै आएको यो कलेजमा व्यवस्थापन तथा सूचना प्रविधिका क्षेत्रमा स्नातक र स्नातकोत्तर तहमा विश्वबजारको माग अनुसारको अध्ययन अध्यापन हुँदै आएको छ ।

Logo