ब्रिजवाटर एजुकेशन फाउन्डेसनद्वारा राष्ट्रिय जीवनमा योगदान पुर्‍याउने व्यक्तित्वहरु सम्मानित

ब्रिजवाटर एजुकेशन फाउन्डेसनद्वारा राष्ट्रिय जीवनमा योगदान पुर्‍याउने व्यक्तित्वहरु सम्मानित

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । सिनामंगलस्थित ब्रिजवाटर एजुकेशन फाउण्डेशनले राष्ट्रिय जीवनमा योगदान पुर्‍याएका विशिष्ट व्यक्तित्वहरुलाई अभिनन्दन गरेको छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमबीच फाउन्डेसनले आ-आफ्नो क्षेत्रमा अतुलनीय योगदान पुर्याएका साहित्यकार डा. नवराज लम्साल, कलाकार दीपकराज गिरी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई अभिनन्दन गरेको हो ।

समारोहको मुख्य अतिथिमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल थिए भने समारोहको सभापतित्व फाउन्डेसनका अध्यक्ष चार्टर्ड एकाउन्टेन्ट दीपक पाण्डेले गरेका थिए । कार्यक्रममा कलेजका शिक्षक, विद्यार्थीसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा प्रमुख अतिथि डा. पोखरेलले यस किसिमको अभिनन्दनको उत्कृष्ट परम्परा कायम गर्दै अगाडि बढेकोमा ब्रिज वाटर एजुकेसन फाउन्डेसनप्रति प्रशंसा र शुभेच्छा प्रकट गरे ।

त्यसैगरी फाउण्डेशनका अध्यक्ष पाण्डेले अभिनन्दित व्यक्तित्वहरू सबैका लागि मार्गदर्शक प्रेरणा स्रोत भएको बताए । ब्रिजवाटरले हरेक वर्ष विभिन्न क्षेत्रमा उच्च योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ ।

यस फाउन्डेसनअन्तर्गतको ब्रिजवाटर इन्टरनेशनल कलेजले सिनामंगलस्थित रमणीय वातावरणमा फरक दृष्टिकोण, सामर्थ्य र प्रतिबद्धताका साथ शिक्षाको क्षेत्रमा एक भरपर्दो गन्तव्यको पहिचान बनाएको छ ।

Logo