काठमाडौं । चाबहिलको मित्रपार्कमा अवस्थित टेक्सास इन्टरनेसनल कलेजद्वारा आयोजित ‘टेक्सास साइन्स एन्ड आइटी एक्जिबिसन–२०८२’ को दोस्रो दिन पनि अपार सफलताका साथ सम्पन्न भएको छ ।
मंसिर २४ गतेदेखि सुरु भएको यो तीनदिने प्रदर्शनीमा विद्यार्थीहरूले वर्षभरि गरेको मेहनतका क्रममा तयार पारेका ५६ वटा मुख्य प्रोजेक्ट तथा थप १०० भन्दा बढी रोचक तथा उपयोगी मोडलहरूले मन जितेका छन् । पहिलो दिनको उत्साहलाई निरन्तरता दिँदै दोस्रो दिनमा राजधानीका विभिन्न विद्यालय र कलेजबाट आएका हजारौं विद्यार्थी तथा सर्वसाधारणले प्रदर्शनी अवलोकन गरेका थिए ।
प्रदर्शनीको दोस्रो दिन विशेष रूपमा आइओटी (इन्टरनेट अफ थिङ्स) र रोबोटिक्स क्षेत्रका ३८ वटा प्रोजेक्टले दर्शकहरूको ध्यान खिचेका थिए । यीमध्ये ‘स्मार्ट डोर लक सेक्युरिटी सिस्टम’ ले घरेलु सुरक्षालाई डिजिटल रूपान्तरण गर्ने क्षमता प्रदर्शन गर्दा, ‘मोसन कन्ट्रोल्ड स्मार्ट ह्विलचेयर’ ले अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वतन्त्र गतिशीलताको नवीन समाधान प्रस्तुत गरेका थिए ।

यसैगरी, ‘फर्स्ट एड ड्रोन’ ले आपत्कालीन स्वास्थ्य सेवालाई हवाई मार्गबाट छिटो र प्रभावकारी बनाउने अवधारणा देखाउँदा दर्शकहरूबाट तालीको गडगडाहट पाएको थियो । अन्य उल्लेखनीय परियोजनामा ‘इको–स्मार्ट बस स्टप’, ‘अटोमेटेड ग्यास रिस्क डिटेक्शन एन्ड रेस्पोन्स युनिट’, ‘स्मार्ट ग्रीन हाउस’, ‘फायर फाइटिङ बोत’, ‘सेल्फ–ब्यालेन्सिङ रोबोट’, ‘वाटर पोलुसन डिटेक्टिङ बोत’, ‘एयर क्वालिटी मोनिटरिङ सिस्टम’, ‘ह्यान्ड जेस्चर कन्ट्रोल्ड कार’, ‘स्मार्ट वेदर इन्टेलिजेन्ट फोरकास्टिङ टेक्नोलोजी’, ‘मिनी आइओटी एयर डिफेन्स सिस्टम’ र ‘ह्युमनोइड रोबोट’ जस्ता आकर्षक मोडलहरू प्रदर्शनमा राखिएका छन् ।

साइबर सेक्युरिटी क्षेत्रमा प्रदर्शित ‘मोडेड एप फर स्पाइवेयर’ र ‘फिसिङ अट्याकः क्रेडेन्सियल्स हार्भेस्टिङ’ जस्ता डेमो प्रोजेक्टले डिजिटल खतराहरूप्रतिको जागरण फैलाएका थिए । सफ्टवेयर विकासतर्फ ‘लर्न–जेडः मोडर्न लर्निङ एप्लिकेसन’ ले शिक्षा क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने सम्भावना देखाएको थियो भने ‘क्यान्टिन म्यानेजमेन्ट सिस्टम’ ले कलेज तथा संस्थागत व्यवस्थापनलाई सरल बनाउने व्यावहारिक उपकरण प्रस्तुत गरेको थियो । गेमिङ उत्साहीहरूका लागि ‘डज बाल’ र ‘फ्रुट्स कलेक्ट’ जस्ता अन्तरक्रियात्मक खेलहरूले मनोरञ्जनसँगै कोडिङ सीपको प्रदर्शन गरेका थिए ।
कलेजका बिएससी सिएसआइटी र बिसिएतर्फका कोअर्डिनेटर सुलभ नेपालले राजधानीका ११५ भन्दा बढी विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुलाई एउटै छानामुनी ल्याएर विभिन्न विधाका प्रोजेक्ट तथा रोचक तथा उपयोगी मोडलहरू देखाएर उनीहरुलाई भविष्यमा आफूले कुन–विधालाई अपनत्व गर्न गैरहेको छु भनेर बुझाउनु नै टेक्सास साइन्स एन्ड आइटी एक्जिबिसनको मुख्य लक्ष्य रहेको बताए ।

प्रदर्शनीको दोस्रो दिनमा विशेष रूपमा विद्यार्थीहरूले तयार पारेको रिमोट–कन्ट्रोल विमानको जरसिंहपौवामा सफल उडान प्रदर्शन गरिएको थियो, जसले दर्शकहरूलाई रोमाञ्चित तुल्याएको थियो । यसबाहेक, स्मार्ट हाउस, प्रदूषण नियन्त्रण प्रणाली र अन्तरक्रियात्मक स्टलहरूले वातावरण विज्ञानदेखि कोडिङ सिमुलेसनसम्मका विषयमा जानकारी प्रदान गरिएको थियो ।

कलेजका अनुसार, राजधानीका ११५ भन्दा बढी विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू सहभागी भई सकेकका छन् र कुल २० हजारभन्दा बढी दर्शकले प्रदर्शनी अवलोकन गर्ने अनुमान गरिएको छ । एक्जिबिसन सर्वसाधारणका लागि निःशुल्क र खुला रहेकाले यसले व्यापक सहभागिता प्राप्त गरेको छ ।

यो तीनदिने कार्यक्रम मंसिर २६ गतेसम्म सञ्चालन हुनेछ, जसमा थप अन्तरक्रियात्मक सत्रहरू, रोमाञ्चक खेलहरू र प्रविधि–सम्बन्धी चर्चा समावेश छन् । दोस्रो दिनको सफलताले प्रदर्शनीको तेस्रो दिनलाई अझ उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ ।





























प्रतिक्रिया