काठमाडाैं । इन्जिनियरिङ शिक्षा क्षेत्रमा एक प्रमुख शैक्षिक संस्थाको रूपमा स्थापित हिमालय कलेज अफ इन्जिनियरिङ्गले नयाँ शैक्षिक सत्रको सुरुवातलाई उत्सवमय बनाउँदै बिएससी/सिएसआइटी र बिआइटीका विद्यार्थीहरुलाई ‘वेलकम एण्ड ओरिएन्टेसन प्रोग्राम–२०८२’ सफलतापूर्वक सम्पन्न गरेको छ ।
शनिबार कलेजकै सेमिनार हलमा आयोजित उक्त वेलकम एण्ड ओरिएन्टेसन प्रोग्रामको सभापतित्व कलेजका प्रिन्सिपल डा. रविन्द्रराज गिरीले गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथिका रूपमा त्रिभुवन विश्वविद्यालय (त्रिवि)को विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डीन प्रा.डा. खगेश्वर मण्डल उपस्थित भएका थिए । कार्यक्रमको सुरुवात प्रमुख अतिथि प्रा.डा. मण्डलद्धारा पानसमा बत्ती बलेर गरिएको थियो ।

प्रा.डा. मण्डलले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई अरुले गरिसकेको काम गर्ने भन्दा नयाँ अनुसन्धान, नवीनता र नयाँ खोजका लागि विद्यार्थीहरुलाई प्रेरित गरे । त्यस्तै उनले विद्यार्थीहरुलाई घोकेर र रटेर भन्दा पनि बुझेर पढ्न सुझाए ।
त्यसैगरी हिमालय कलेज अफ इन्जिनियरिङका निर्देशक किशोर गौतमले नवआगन्तुक विद्यार्थीहरुलाई शिक्षा, जिवन र अनुशासनबारे सुझाए ।

त्यस्तै कलेजका प्रिन्सिपल डा.रविन्द्रराज गिरीले अहिलेको समय आइटी र इन्जिनियरिङ्गको रहेको बताउँदै विद्यार्थीहरुले आफ्नो गन्तब्य राम्रो छानेकोमा धन्यबाद दिए । उनले अहिलेको समयमा विद्यालयले मात्र नभएर विद्यार्थी स्वयं र अभिभावकहरुले पनि विद्यार्थीहरुको पढाई र करियर बनाउन मद्दग गर्न आग्रह गरे ।

कार्यक्रममा नयाँ विद्यार्थी तथा अभिभावकले हिमालय कलेज अफ इन्जिनियरिङ्ग छान्नुबारे प्रकाश पारेका थिए ।
कार्यक्रमलाई थप जीवन्त बनाउँदै नयाँ विद्यार्थीहरूले आफ्ना प्रतिभाहरू प्रदर्शन गरेका थिए । नाचगान, गीत र अन्य कलात्मक प्रस्तुतिहरूले हललाई उत्साहले भरिदिएको थियो ।





























प्रतिक्रिया