हिसानको अध्यक्षमा रामेश्वर अर्यालको उम्मेदवारी घोषणा

हिसानको अध्यक्षमा रामेश्वर अर्यालको उम्मेदवारी घोषणा

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ। काठमाण्डौँ मोडेल सेकेन्डरी स्कुलका कार्यकारी अध्यक्ष अध्यक्ष रामेश्वर अर्यालले हिसानलाई सशक्त, आत्मनिर्भर र दीर्घकालीन रूपमा नयाँ उचाइमा पु-याउने दृढ विश्वास व्यक्त गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आँफु कोषाध्यक्ष भएर हिसानको आफ्नै कार्यालय बनाउन मात्र नभई आर्थिक रुपले संस्थालाई समृद्ध बनाउन गरेको योगदानको स्मरण गराउँदै अध्यक्षमा उम्मेदवारी दिएका हुन् । अर्यालले कोषाध्यक्षको कार्याकालमा हिसानको लागि दिलोज्यान दिएर लागिपरेका थिए ।

विभिन्न संस्थाहरुमा आवद्ध भएर संस्थाहरुलाई उचाइमा पु-याएका अर्यालले यसपाली हिसानमा अध्यक्ष भएर अगाडी बढ्न चाहेको बताएका छन् । उनले भनेका छन् , “थुप्रै संस्थाहरूलाई एउटा उचाइमा पुराउन सक्ने मेरो अनुभव र सामर्थ्यको लाभ अब आफ्नै साझा संस्था हिसानलाई दिन चाहन्छु।”

परिवर्तित नयाँ परिस्थितिमा स्वतन्त्र र विवाद रहित नेतृत्वको आवश्यकताका कारण अध्यक्षमा आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारेका छन् । यो समय संकटको समय भएको भन्दै उनले सबैलाई समेटेर संकटमोचन गर्न सक्ने क्षमता भएकालाई जिम्मेवारी दिनुपर्छ भन्ने साथीहरूको आग्रहलाई हार्दिकताका साथ आत्मसात गर्दै अध्यक्षमा उम्मेदवारी दिएको घोषणा गरेका हुन् ।

उनले संस्थाको नेतृत्व, आर्थिक व्यवस्थापन, शैक्षिक र सामाजिक कार्यक्रमको सुदृढीकरणमा आफ्नो दृढ प्रतिबद्धता व्यक्त गरेका छन्। अर्यालले हिसानलाई नयाँ उचाइमा पुर्‍याउन योग्य, सक्षम र दूरदर्शी नेतृत्व प्रदान गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्। सदस्यहरूको सहयोग र प्रतिबद्धतासँगै हिसानलाई उज्जवल भविष्य र नयाँ उचाइमा पु-याउने योजना उनीसहित सम्पूर्ण टोलीले अघि सारेको छ ।

Skip This
Skip This
Logo