पर्वत। पर्वतको फलेवास नगरपालिका–६, देविस्थानस्थित जनता माध्यमिक बिद्यालयमा बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण र ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ।
यस कार्यक्रमको आयोजना लायन्स क्लब अफ पोखरा हेल्पफुल ह्यान्डले गरेको थियो। पौष १० गते सम्पन्न कार्यक्रममा बिद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको थियो भने समुदायका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ।
कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष यज्ञ बहादुर नेपालीले गरेका थिए। कार्यक्रममा लायन्स क्लबका पदाधिकारी, शिक्षक तथा समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो। आयोजकका अनुसार ५२ जना विपन्न विद्यार्थीले न्यानो कपडा र शैक्षिक सामग्री प्राप्त गरे।
कार्यक्रमको समापनमा आयोजक संस्थाले सहयोगीहरू प्रति धन्यवाद व्यक्त गर्दै, भविष्यमा यस्ता सामाजिक कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । विद्यालयका प्रधानाध्यापक जीवनाथ पौडेलले पनि सहयोगी संस्था र दाताहरूप्रति विद्यालयको तर्फबाट धन्यवाद व्यक्त गरे।































प्रतिक्रिया