द ब्रिटिस कलेज विवादः के भन्छ कलेज प्रशासन ?

द ब्रिटिस कलेज विवादः के भन्छ कलेज प्रशासन ?

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं । द ब्रिटिस कलेज अन्तर्गतको दुबईस्थित द वुलविच इन्स्टिच्युट (टिडब्लुआई)ले प्रदान गर्ने प्रतिष्ठित इन्टर्नसिप कार्यक्रम पछिल्लो समय विवादको घेरामा परेको छ । स्थापना कालदेखि नै विद्यार्थीहरूको वृत्तिविकास र रोजगारीका लागि कोशेढुङ्गा सावित हुँदै आएको यस कार्यक्रममाथि लगाइएका केही आरोपहरूले कलेज प्रशासनलाई समेत चकित तुल्याएको छ ।

विशेषगरी हस्पिटालिटी म्यानेजमेन्ट कार्यक्रमअन्तर्गत ब्रिटिस कलेजले आफ्नो साझेदार संस्थामार्फत पहिलो वर्ष नेपालमा अध्ययन गरी त्यसपछि दुबईमा अध्ययन गर्ने व्यवस्था मिलाउँदै आएको छ । यसैबीच ब्रिटिस कलेजमा फाउन्डेसन कोर्स पूरा गरेपछि दुबइस्थित टीडब्ल्यूआईमा इन्टर्नसिपका लागि गएर फर्किएका केही विद्यार्थी र उनीहरुसँगै जोडिएका उक्साहट भीडले इन्टर्नसिपका क्रममा काम नपाएको, व्यवस्थापन कमजोर भएको र विद्यार्थीमाथि अन्याय भएको आरोप लगाएपछि विवादको विषय शिक्षा मन्त्रालयसम्म पुगेको छ । मन्त्रालयले छानबिन समिति गठन गरी अध्ययन गरिरहेको छ भने केहि विद्यार्थी संगठनहरूले आन्दोलन समेत गरेका छन् ।

सामाजिक सञ्जालमा कलेजविरुद्ध नकारात्मक टिप्पणीहरू बढिरहेका छन् । तर दुबईस्थित टीडब्ल्यूआईकै विद्यार्थी भने सुरुआती चरणमा इन्टर्नसिपका क्रममा केही सामानय समस्या आएको भएपनि ती समस्यालाई लिएर तथ्यहीन आरोप लगाउनु उपयुक्त नभएको धारणा राखेका छन् । तर आन्दोलित विद्यार्थी भने कलेजसँगको पटकपटकको वार्ता र अभिभावकहरूसँग छलफल भइसकेको अवस्थामा पनि, बाह्य संस्थासँग सम्बन्धित केही व्यक्तिहरूको समर्थनको नाममा परिस्थिति अशान्त बनाउने प्रयास गरेको पनि खबर बाहिरिएका छन् । यस्तो अवस्थामा के भन्छ त कलेज प्रशासन ? यो आरोप सत्य छन् कि निराधार ? यो विषयमा के गर्दैछ कलेज प्रशासन ?

ब्रिटिस एजुकेशन ग्रुप एवं द ब्रिटिस कलेजका संस्थापक राजन कँडेलले सामाजिक सञ्जालमा कलेजका विरुद्ध फैलाइएका भ्रामक प्रचार र गलत आरोपहरूको खण्डन गरेका छन् । ती सामग्रीहरू कलेजको वास्तविकता भन्दा फरक रहेको र संस्थाको छविलाई बदनाम गर्ने उद्देश्यले फैलाइएको उनको आरोप छ । मुख्य विवाद दुबईमा इन्टर्नसिपका लागि गएका केही विद्यार्थीहरूको असन्तुष्टिबाट सुरु भएको भए तापनि, संस्थाले ती समस्याहरू अभिभावकसँगको छलफल र सहमतिमार्फत पहिले नै सुल्झाइसकेको दाबी गरिएको छ।

यसैगरी कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले पनि कलेजविरुद्ध भइरहेका प्रदर्शन र आरोपहरूलाई ‘नियोजित नाटक’को संज्ञा दिएका छन् । अरुको प्रगति देख्न नसक्ने केही उक्साहट समूहले अनावश्यक रूपमा उचालेर कलेजको शैक्षिक वातावरण बिगार्न खोजेको र वार्ताका माध्यमबाट समस्या समाधान गर्न कलेज सधैं तत्पर रहेको उनको भनाइ छ ।

यस्तै, ब्रिटिस कलेज एण्ड ब्रिटिस एजुकेसन ग्रुपका मार्केटिङ हेड अमरदिप मण्डल पनि कलेजप्रतिको यो अफवाहमा चकित छन् । कलेज प्रशासनले फर्किएका विद्यार्थी र अभिभावकहरूसँग सकारात्मक छलफल गरी समस्याको समाधान पहिल्याइसकको दाबी गर्दै उनले बाँकी रहेका असन्तुष्ट पक्षहरूलाई पनि अदृश्य शक्तिहरूको बहकाउमा नलागी वार्तामा आउन भिडियोमार्फत आह्वान गरेका छन् ।

कलेजकी हेड अफ एडमिसन आउटरिच एण्ड इसीए दिव्या प्रभा झा पनि यो विषयमा विद्यार्थीले साँच्चै समस्या भोगेका छन् भने आवश्यक समन्वय गर्न लागि परिरहेकी छन् । तर अवस्था उनले सोचेजस्तो भने छैन । समन्वय गर्न खोज्दा आफैंले दूर्व्यवहार भोग्नुपरेको उनको गुनासो छ ।

ब्रिटिस कलेज विगत करिब १४ वर्षदेखि नेपालमा उच्च शिक्षा प्रदान गर्दै आएको एक प्रतिष्ठित शैक्षिक संस्था हो । यस अवधिमा झन्डै १० हजारभन्दा बढी विद्यार्थीलाई शिक्षा प्रदान गरिसकेको कलेजसँग तथ्यांक छ । शैक्षिक गुणस्तरका साथै अन्तर्राष्ट्रिय अवसरहरूमा समेत विद्यार्थीलाई जोड्ने लक्ष्य लिँदै आएको कलेजको दाबी छ । तर यस प्रकारको आरोप प्रतयारोपले संस्थाको छवीमाथि आँच पुर्याएको छ । यत्रो वर्षदेखि शिक्षा प्रदान गर्दै आउँदा कहिल्यै कुनै राजनीतिक सङ्गठन वा विद्यार्थी संगठनसँग सम्झौता गर्नुपर्ने अवस्था नआएको तर अहिले त्यो परिस्थिती बनाइएकोमा ब्रिटिस कलेजको दुखेसो छ ।

Skip This
Skip This
Logo