काठमाडाैं । शैक्षिक परामर्श क्षेत्रको अग्रणी संस्था एजुकेसनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल (इक्यान) को आगामी निर्वाचनमा वर्तमान प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रयू)ले अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।
शैक्षिक परामर्श व्यवसायमा २० वर्षभन्दा बढी अनुभव बाेकेका एन्ड्रयू गुणस्तरीय शिक्षा प्रदान गर्न सदैव समर्पित व्यक्तित्वका रूपमा परिचित छन्।
ग्रेस इन्टरनेशनल ग्रुपका निर्देशक समेत रहेका एन्ड्रयू शैक्षिक परामर्श कम्पनीहरूको सुधार र व्यावसायिकताका न्याय र संरक्षणका लागि पूर्ण रूपमा वकालत गर्ने व्यक्ति हुन्। आफ्नो व्यवसायिक सफलताका साथै उद्योगका टिम सदस्यहरू र साथीहरूको प्रशिक्षण तथा विकासमा पनि सक्रिय पौडेल गत निर्वाचनमा लोकप्रिय मतका साथ उपाध्यक्ष पदमा निर्वाचित भएका थिए।
शैक्षिक परामर्श व्यवसायमा २० वर्षभन्दा बढी अनुभव बाेकेका एन्ड्र्यू गुणस्तरीय शिक्षा प्रदान गर्न सदैव समर्पित व्यक्तित्वका रूपमा परिचित छन्।
अब प्रथम उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका एन्ड्रयूले आगामी निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिनु स्वाभाविक र संस्थाको राम्रो संगठन निर्माणको सिद्धान्तअनुसार भएको बताएका छन्। उनी इक्यानजस्तो ठूलो सदस्य संगठनलाई सहयोग, सुधार गर्न सक्षम व्यक्ति पनि हुन्।

इक्यानको अधिवेशन यही २८ पौषमा हुँदैछ ।
इक्यान शैक्षिक परामर्श क्षेत्रको सबैभन्दा ठूलो संस्था हो। यसमा अनेकौं समस्या र विकृति जकडिएर बसेका छन् । अझ नेपालजस्तो दैनिक हजारौं विद्यार्थी उच्च शिक्षाका लागि विदेशिन्छन्, त्यहाँ देखिएका समस्या पहिचान र समाधानमा इक्यानको ठूलो हात रहन्छ ।
वर्तमान प्रथम उपाध्यक्षको रूपमा सफल कार्यकाल पूरा गरेकाले संस्थाको पद्दति अनुसार अध्यक्ष पदका लागि एन्ड्र्यू सबैभन्दा स्वाभाविक र योग्य दाबेदार हुन् ।
बजारमा च्याउझैं उम्रिएका हजारौं अवैध शैक्षिक परामर्श केन्द्रहरू सञ्चालनमा छन्। यस्ता कतिपय केन्द्रहरूले इजाजतपत्र नलिई अनलाइन विज्ञापन गर्छन्, र विद्यार्थीहरूलाई गलत प्रक्रियाबाट विदेश पठाउँछन्। यसले विद्यार्थीहरू विदेशमा अलपत्र पर्ने जोखिम बढाउँछ। यस्ताेमा कन्सल्टेन्सीहरूको अनिवार्य दर्ता, शुल्कमा पारदर्शिता, विद्यार्थीहरूका लागि निःशुल्क परामर्श सत्रहरू, र ठगीविरुद्ध कडा कारबाही गर्नु नै आजको इक्यानको प्रमुख कर्तव्य हो । त्यसका लागि एउटा कुशल नेतृत्व आवश्यक हुन्छ । जसका लागि वर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्षको रूपमा सफल कार्यकाल पूरा गरिसकेका हैसियतले पनि एन्ड्र्यू स्वभाविक दाबेदारी देखिन्छन् ।

एन्ड्र्यू ग्रेस इन्टरनेशनल ग्रुपका सहसंस्थापक तथा निर्देशक पनि हुन्। ग्रेसले उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूलाई अमेरिका, अष्ट्रेलिया, क्यानडा, कोरिया, जापान, यूके र न्युजिल्यान्ड लगायतका देशहरूमा पठाउँदै आएको छ । यस संस्थाले लामो अनुभव भएका परामर्शदाताबाट सत्य तथ्य जानकारीसहित गुणस्तरीय परामर्श सेवा प्रदान गर्दै आएको छ ।
एन्ड्र्यूकै नेतृत्वमा ग्रेस इन्टरनेशनलले ८० प्रतिशतसम्म भिसा सफलता दर कायम राख्न सफल छ ।

ग्रेस इन्टरनेशनल एउटा यस्तो शैक्षिक परामर्श केन्द्र हो, जहाँ वैदेशिक अध्ययनका लागि ८० प्रतिशत विद्यार्थीहरूको भिसा लाग्ने गरेको छ । साथै, सत्य तथ्य जानकारीसहित गुणस्तरीय परामर्श सेवा प्रदान गर्दै आएको ग्रेसको मार्गदर्शन, भिसा आवेदन प्रक्रियामा सहजता र प्राइम लोकेशनका कारण विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । जसको नेतृत्व पनि एन्ड्र्यूले नै गरेका छन् । एउटा कन्सल्टेन्सीका सफल निर्देशकका रुपमा पनि उनी स्थापित छन् ।





























प्रतिक्रिया