काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) को केन्द्रीय महासचिव पदका लागि भवनाथ हुमागाईंले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। यही पुस २८ गते हुने संघको निर्वाचनमार्फत आगामी कार्यकालका लागि महासचिव पदमा प्रतिस्पर्धा गर्ने उनले जानकारी दिएका हुन्।
हाल (ECAN) केन्द्रीय समितिमा प्रथम सचिवको जिम्मेवारी सम्हाल्दै आएका हुमागाईं यसअघि कार्यसमिति सदस्यसमेत रहिसकेका छन्। संगठन विभाग तथा आन्तरिक मामिला विभागको संयोजकको भूमिकामा रहेर संस्थागत सुदृढीकरणमा योगदान पु-याएको दाबी उनले गरेका छन्।
उम्मेदवारी घोषणामा हुमागाईंले शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, मर्यादित र सशक्त बनाउने आवश्यकता औंल्याउँदै ७०० भन्दा बढी सदस्यको व्यवसायिक सुरक्षा र संस्थाको दीर्घकालीन स्थायित्व आफ्नो प्रमुख एजेन्डा रहेको बताएका छन्।
उनका अनुसार केन्द्र–शाखा समन्वय सुदृढीकरण, शिक्षा मन्त्रालयमा लामो समयदेखि रोकिएको व्यवसाय नवीकरण प्रक्रिया पुनः सुचारु गराउन पहल, नयाँ शाखा विस्तार, सदस्यता वृद्धि तथा आजीवन सदस्यता प्रवद्र्धनमा आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
आगामी कार्यकालका लागि उनले पारदर्शी र उत्तरदायी संस्था निर्माण, सरकार तथा सरोकारवाला निकायसँग संस्थागत सम्बन्ध मजबुत बनाउने, युवा तथा नयाँ शैक्षिक परामर्श उद्यमीलाई समेट्ने रणनीति र अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।
अनुभव, निरन्तरता र स्पष्ट कार्यदिशाका आधारमा (ECAN) लाई अझ बलियो र सम्मानित संस्थाका रूपमा अघि बढाउने उद्देश्यसहित उम्मेदवारी दिएको हुमागाईंले बताएका छन्।





























प्रतिक्रिया