इक्यानको केन्द्रीय उपाध्यक्षका लागि विकल्पराज पोखरेल एजेण्डासहित मैदानमा

इक्यानको केन्द्रीय उपाध्यक्षका लागि विकल्पराज पोखरेल एजेण्डासहित मैदानमा

केन्द्रबिन्दु
162
Shares

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी अधिवेशनमा वर्तमान सह–कोषाध्यक्ष विकल्पराज पोखरेलले केन्द्रीय उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। शैक्षिक परामर्श क्षेत्रमा देखिएका चुनौतीहरूलाई चिर्दै संस्थालाई व्यक्तिमुखी नभई प्रणालीमुखी बनाउने संकल्पका साथ उनले आफ्नो उम्मेदवारी अघि सारेका हुन्।

इक्यानभित्र ‘घोषणाभन्दा बढी कार्यान्वयन’मा विश्वास गर्ने नेताका रूपमा चिनिएका पोखरेलले हाल सह–कोषाध्यक्ष र तालिम विभाग संयोजकको रूपमा आफ्नो कार्यक्षमता प्रदर्शन गरिसकेका छन्। संस्थाभित्र आर्थिक अनुशासन, पारदर्शिता र सदस्यहरूको क्षमता विकासमा उनले निर्वाह गरेको सक्रिय भूमिका नै उनको उम्मेदवारीको मुख्य आधार बनेको छ।

साथै उपाध्यक्षका उम्मेदवार पोखरेलले ईक्यानलाई व्यक्तिकेन्द्रित प्रभावबाट मुक्त गरी सदस्य–केन्द्रित र प्रणालीमा आधारित संगठन बनाउनुपर्नेमा जोड दिएका छन्। उनले भनेका छन्— “अबको ईक्यानमा टीमवर्क, सुन्ने क्षमता र साझा निर्णय संस्कृति हाबी हुनुपर्छ। पद केवल आलंकारिक होइन, निर्णय कार्यान्वयन र आन्तरिक समन्वयको केन्द्र बन्नुपर्छ।”

Skip This
Skip This
Logo