इक्यान अध्यक्षमा दीपकराज भुसालः ‘जीरो टोलरेन्स’देखि ‘लिगल डिफेन्स’सम्मका योजना

इक्यान अध्यक्षमा दीपकराज भुसालः ‘जीरो टोलरेन्स’देखि ‘लिगल डिफेन्स’सम्मका योजना

केन्द्रबिन्दु
96
Shares

काठमाडाैं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी कार्यकालका लागि वर्तमान महासचिव दीपकराज भुसालले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै २६ बुँदे विस्तृत र रणनीतिक चुनावी एजेन्डा सार्वजनिक गरेका छन् । “दक्ष, अनुभवी र प्रतिबद्ध टिम” सहित चुनावी मैदानमा उत्रिएका भुसालले इक्यानलाई नयाँ उचाइमा पुर्‍याउने संकल्पका साथ संस्थागत सुदृढीकरण, सदस्यहरूको हकहित र व्यावसायिक सुरक्षालाई मुख्य प्राथमिकतामा राखेका छन् ।

२०६६ सालमा इक्यानको सदस्यता लिएका उनले विभिन्न पद हुँदै दुईपटक महासचिवको कार्यकालमा सफलतापूर्वक आफ्नो भूमिका निभाएका छन् । भुसालको दृष्टिकोणबाट शैक्षिक परामर्श क्षेत्र साधारण व्यवसाय होइन। यो विद्यार्थीको भविष्य, अभिभावकको भरोसा र देशको मानव संसाधनसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र हो। उनी स्पष्ट नीति, व्यवहारिक नियम र उच्च नैतिक मापदण्डको संयोजनमार्फत मात्र यो क्षेत्र दीर्घकालीन रूपमा स्वस्थ बन्न सक्छ भन्ने मान्यता राख्छन्।

महासचिव भुसालले आगामी दुई वर्षका लागि ‘फुल-टाइम’ प्रतिबद्धता व्यक्त गर्दै इक्यानका ७०० भन्दा बढी सदस्यहरूको व्यावसायिक साख जोगाउन ‘जीरो टोलरेन्स अन फ्रड’को नीति लिने बताएका छन् । उनको २६ बुँदे एजेन्डाले इक्यानलाई एक पारदर्शी, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय स्तरको गरिमामय संस्था बनाउने मार्गचित्र प्रस्तुत गरेको छ।

तीमध्ये एक प्रमुख एजेण्‍डा हाे, संस्थागत मान्यता र कानुनी सुरक्षा । भुसालले दर्ता भएका सबै कन्सल्टेन्सीलाई राज्यको आधिकारिक मान्यता दिलाउन शिक्षा मन्त्रालय र सातै प्रदेश सरकारसँग समन्वय गर्ने योजना अघि सारेका छन् । ‘ग्रे मार्केट’ र अनधिकृत कन्सल्टेन्सी विरुद्ध कडा कदम चाल्ने, नयाँ शिक्षा ऐनमा शैक्षिक परामर्शलाई ‘मर्यादित सेवा उद्योग’ का रूपमा समावेश गराउने र सदस्यहरूलाई कानुनी समस्या पर्दा २४/७ सहयोग गर्न ‘लिगल डिफेन्स सेल’ स्थापना गर्ने उनको लक्ष्य छ।

भुसालले दर्ता भएका सबै कन्सल्टेन्सीलाई राज्यको आधिकारिक मान्यता दिलाउन शिक्षा मन्त्रालय र सातै प्रदेश सरकारसँग समन्वय गर्ने योजना अघि सारेका छन् ।

यसैगरी सदस्यहरूको व्यावसायिक दक्षता बढाउन ‘इक्यान ट्रेनिङ एकेडेमी’ र ‘ब्रिटिश काउन्सिल’ तथा ‘आईसीईएफ’ सँगको सहकार्यमा सर्टिफिकेसन कार्यक्रम सञ्चालन गर्ने योजना छ । साथै, विश्वव्यापी शिक्षाको बदलिँदो स्वरूप र भिसा नीतिबारे सही जानकारी दिन ‘इक्यान रिसर्च सेल’ स्थापना गरिनेछ।

नेपालस्थित विदेशी दूतावास र कूटनीतिक निकायहरूसँग प्रत्यक्ष समन्वय गरी भिसा प्रक्रिया र नीतिगत अन्योल हटाउन पनि उनले जोड दिएका छन् । आईसीईएफ र एनएएफएसए जस्ता विश्वप्रसिद्ध शैक्षिक मञ्चहरूमा इक्यानको उपस्थिति बलियो बनाउने र ‘नेपाल प्याभिलियन’ मार्फत सदस्यहरूलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सिधै बीटुबी गर्ने अवसर प्रदान गर्ने उनको एजेन्डामा उल्लेख छ।

परम्परागत शैलीलाई तोड्दै संस्थामा युवा र महिला नेतृत्वलाई प्राथमिकता दिने भुसालको योजना छ।

यसैगरी परम्परागत शैलीलाई तोड्दै संस्थामा युवा र महिला नेतृत्वलाई प्राथमिकता दिने भुसालको योजना छ। ‘युथ इन्गेजमेन्ट एण्ड मेन्टरसिप’ र ‘महिला नेतृत्व कन्क्लेभ’ मार्फत नयाँ पुस्ता र महिला उद्यमीहरूलाई निर्णय प्रक्रियामा सामेल गरिनेछ। यसका साथै काठमाडौं केन्द्रित कार्यक्रमहरूलाई सातै प्रदेशका शाखाहरूमा विस्तार गरी शाखा सशक्तिकरण गरिनेछ।

सदस्यहरूका लागि सहुलियतपूर्ण ‘बिजनेस लोन’, ग्रुप हेल्थ तथा अफिस इन्स्योरेन्स, र ‘इक्यान प्रिभिलेज कार्ड’ को व्यवस्था गर्ने प्रतिबद्धता भुसालले गरेका छन् । संस्थाको गरिमा बढाउन आधुनिक कर्पोरेट अफिस स्थापना गर्ने र समाजप्रति उत्तरदायी बन्न सीएसआरअन्तर्गत छात्रवृत्ति र मेन्टरसिप कार्यक्रम सञ्चालन गरिनेछ।

भुसालको २६ बुँदे एजेण्डा

Logo