काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी नेतृत्वका लागि चुनावी सरगर्मी तीव्र बनेको छ । अध्यक्ष पदका प्रत्याशी एवं वर्तमान प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्र्यु)लाई थप मजबुत बनाउँदै वर्तमान उपाध्यक्ष गीताञ्जली शर्माले समर्थन जनाएकी छन्।
लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय रहेकी शर्माले पौडेलको नेतृत्वमा मात्र इक्यानले नयाँ उचाइ लिने र व्यवसायीका समस्या समाधान हुने विश्वास व्यक्त गर्दै अध्यक्षबाट पछि हटेर उनकै प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्। शर्माले यसअघि इक्यानक अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी थिइन् ।
अहिलेको अवस्थामा संस्थालाई अनुभवी, जुझारु र सबैलाई मिलाएर लैजान सक्ने नेतृत्वको खाँचो रहेकाे भन्दै उनी एन्ड्र्युकाे कित्तामा उभिएकी हुन् ।
चुनावी प्रतिस्पर्धा रोचक बन्दै पुस २८ गते हुने निर्वाचनमा लक्ष्मण पौडेल र वर्तमान महासचिव दीपकराज भुसालबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
यस्तो छ एन्ड्र्युको प्यानल
अध्यक्ष
लक्ष्मण पौडेल ‘एन्ड्र्यु’
उपाध्यक्ष
गीता शिवाकोटी (गिताञ्जली)
बासुदेब दाहाल
पुष्पराज भट्टराई
महासचिव
नवराज केसी (खत्री)
सचिव
भुपाल केसी
एलबी तामाङ्ग
कोषाध्यक्ष
साधना पुडासैनी
सह-कोषाध्यक्ष
भीमबहादुर थापा
कार्यसमिति सदस्य
दिनेश पौडेल
भेषराज राय (भिष्म)
प्रभात पौडेल
शिवप्रसाद अर्याल































प्रतिक्रिया