काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी केन्द्रीय निर्वाचनका लागि नवराज केसीले केन्द्रीय महासचिव पदमा उम्मेदवारी दर्ता गरेका छन् ।
संस्थागत सुदृढीकरण, व्यवसायिक हित र रणनीतिक नेतृत्व निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धतासहित केसीले लक्ष्मण पौडेल (एन्ड्र्यु)को प्यानलबाट महासचिवमा दाबेदारी पेश गरेका हुन् । जीआईइसी एजुकेशनका प्रबन्ध निर्देशकसमेत रहेका केसी महासचिव पदलाई केवल औपचारिक जिम्मेवारीका रूपमा नभई सदस्यहरूको प्रत्यक्ष सहभागिता, पारदर्शिता र संस्थागत सुधारसँग जोडिएको जिम्मेवारीका रूपमा लिएको बताउँछन् ।
उनी भन्छन्- ‘मेरो सक्रियता र इमानदारीतालाई इक्यानियनहरूले मूल्यांकन गर्नुहुनेछ। म घमण्ड वा लोभले होइन, निःस्वार्थ सेवाको भावनाले अगाडि बढ्न चाहन्छु।’
यस्ता छन् केसीका एजेण्डा
इन्गेजमेन्ट तथा ट्रेनिङ कार्यक्रमहरूमा इक्यानका सबै सदस्यहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय इभेन्टहरूमा रोटेसन मोडेलमा अवसर प्रदान गर्ने।
पिकनिक र फेयरभन्दा बाहिर निस्केर सदस्यहरूलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमहरू योजना बनाउने।
एकजुट र बलियो इक्यान निर्माणमा शतप्रतिशत प्रयास गर्ने।
डिजिटल प्लेटफर्ममार्फत समस्या राख्ने र २४ घण्टाभित्र प्रतिक्रिया दिने प्रणाली स्थापित गर्ने।
सदस्यहरूलाई कठिनाइमा सहयोग गर्ने पारदर्शी क्राइसिस म्यानेजमेन्ट फन्ड व्यवस्थापन गर्ने।





























प्रतिक्रिया