इक्यान निर्वाचनः सञ्जीव पाण्डेले दिए सदस्यमा उम्मेदवारी

इक्यान निर्वाचनः सञ्जीव पाण्डेले दिए सदस्यमा उम्मेदवारी

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी निर्वाचन २०८२ का लागि चुनावी सरगर्मी बढेको छ।

यसै क्रममा अध्यक्षका प्रत्यासी दिपक राज भुसालको समूहबाट केन्द्रीय कार्यसमिति सदस्य पदका लागि युवा व्यवसायी सञ्जीव पाण्डेले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।

विगत १२ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय पाण्डेले आफ्नो व्यावसायिक अनुभव र शैक्षिक दक्षतालाई संस्थागत हितमा लगाउने उद्देश्यका साथ उम्मेदवारी दिएको बताएका छन् । पाण्डे हाल त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभागमा ‘Student Migration’ विषयमा M.Phil./Ph.D. गर्दै हुनुहुन्छ। विज्ञानमा स्नातकोत्तर (MSc) र कानुनमा स्नातक (LLB) सम्मको उच्च शिक्षा हासिल गरेका पाण्डेसँग कानुनी र व्यवस्थापकीय दुवै पक्षको गहिरो दख्खल छ।

आफ्नो उम्मेदवारीका मुख्य एजेन्डाहरू प्रस्तुत गर्दै पाण्डेले भने, “मेरो मुख्य प्राथमिकता इक्यानको रिसर्च एण्ड डेभलपमेन्टलाई सशक्त बनाउनु हो। विद्यार्थी विदेशिने प्रक्रिया र यसका प्रभावबारे तथ्य-आधारित तथ्यांक संकलन गरी नीति निर्माण मा राज्य र सरोकारवालालाई ठोस सुझाव दिन म प्रतिबद्ध छु।”

पाण्डेका चुनावी प्रतिबद्धताहरू:

-विद्यार्थी अध्ययनसम्बन्धी तथ्यांक संकलन गरी इक्यानलाई अनुसन्धानमूलक संस्थाको रूपमा स्थापित गर्ने।

-व्यवसायी र विद्यार्थी दुवैको हितका लागि कानुनी ज्ञान र परामर्शलाई सुदृढ बनाउने।

-शैक्षिक परामर्श क्षेत्रलाई अझ व्यवस्थित, पारदर्शी र मर्यादित बनाउँदै सदस्यमैत्री वातावरण सिर्जना गर्ने।

-वैदेशिक अध्ययनमा रहेका चुनौतीहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गर्ने।

Logo