काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८ गते हुन लागेको २०औं साधारण सभा तथा निर्वाचनका लागि अशोक कुमार हाथीले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
साईनअप इन्टरनेशनल एजुकेशनका सञ्चालक समेत रहेका हाथीले दीपकराज भुसाल प्यानलबाट चुनावी मैदानमा उत्रिने निर्णय गरेका हुन् । लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय र अनुभवी व्यवसायीका रूपमा चिनिने हाथीले व्यावसायिक हकहित र संस्थागत सुदृढीकरणलाई आफ्नो मुख्य एजेण्डा बनाएका छन् ।
हाथीका चुनावी प्रमुख प्रतिबद्धता
-परामर्श व्यवसायमा रहेको धरौटी सम्बन्धी व्यवस्थालाई व्यवसायीमैत्री बनाउन पहल गर्ने ।
-चिकित्सा शिक्षा आयोगबाट जारी हुने ‘इलिजिबिलिटी’ र शिक्षा मन्त्रालयको ‘एनओसी’ प्रक्रियालाई सरल र झन्झटमुक्त बनाउन समन्वयकारी भूमिका खेल्ने ।
-इक्यानलाई थप पारदर्शी, मर्यादित र प्रविधिमैत्री बनाउँदै संस्थाको गरिमा उच्च राख्ने ।
-परामर्शदाताहरूको हकहित र कानुनी सुरक्षाका लागि नीतिगत तहमा प्रभावकारी पैरवी गर्ने ।





























प्रतिक्रिया