काठमाडौं । नयाँ बानेश्वरस्थित शैक्षिक परामर्श दाता अल्फा बिटाले उच्च शिक्षाका लागि संयुक्त राज्य अमेरिका र क्यानडा जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै ‘यूएसए एण्ड क्यानडा एड्मिसन डे’ आयोजना गरेको छ ।
विद्यार्थीहरूलाई विदेशी विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष साक्षात्कार गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । मेलामा अमेरिका र क्यानडाका २० वटा विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको छ ।
अल्फा बिटाका बरिष्ठ काउन्सिलर तथा भिसा अन्तर्वार्ता प्रशिक्षक गणेश शर्माले यस्ता कार्यक्रमले विद्यार्थीहरूका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे । उनका अनुसार विद्यार्थीहरूले यहाँ विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष छलफल गर्न, भर्नाका लागि आवश्यक प्रक्रिया बुझ्न र छात्रवृत्तिका बारेमा विस्तृत जानकारी लिन पाउनेछन् ।

आफ्नो अनुभव साट्दै शर्माले सन् २००३ मा आफू विदेश जाँदा यस्तो सुविधा नभएको स्मरण गरे । उनले अहिले विद्यार्थीहरूले धेरै कुरा बुझेर मात्र निर्णय लिन सक्ने भएकाले जति धेरै काउन्सिलिङ लिन्छन्, त्यति नै उनीहरूको निर्णय सही हुने प्रस्ट पारे ।
मेलाको अवसरमा विद्यार्थीहरूलाई विभिन्न सुविधाहरू समेत प्रदान गरिएको थियो । कार्यक्रममा सहभागी भई प्रक्रिया अगाडि बढाउने विद्यार्थीहरूका लागि भाषा परीक्षामा छुटका साथै टोफेल, पीटीई, आईईएलटीएस, जीआरई जस्ता परीक्षाहरूको तयारी कक्षामा विशेष सहुलियत दिइएको छ । प्रोसेसिङ फीमा पनि सहुलियत प्रदान गर्नुका साथै विशेष डिस्काउन्ट अफर गरिएको छ ।

अल्फा बिटाले आगामी दिनहरूमा पनि यस्ता शैक्षिक मेलाहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । विश्वविद्यालयहरूको सक्रिय सहभागिताले नै यस्ता कार्यक्रमहरू सम्भव हुने र यसबाट विद्यार्थीहरूलाई प्रत्यक्ष लाभ पुग्ने बताइएको छ ।

अल्फाबिटा, शैक्षिक परामर्श क्षेत्रमा लामो समयदेखि स्थापित संस्था हो, जसले अष्ट्रेलिया, युके, अमेरिका, क्यानडा, आयरल्यान्डलगायतका देशहरूमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । यसको दक्ष टिम र विश्वव्यापी सञ्जालले नेपाली विद्यार्थीहरूलाई सपनाको उडानमा सहयोग गर्दै आएको छ ।































प्रतिक्रिया