काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरूको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी निर्वाचनका लागि व्यवसायी बसन्त पाण्डेले कार्यसमिति सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । ‘सत्य र इमानदार नेतृत्व’ को नारालाई अघि सार्दै पाण्डेले चुनावी मैदानमा उत्रिने निर्णय गरेका हुन् ।
आफ्नो उम्मेदवारी घोषणा गर्दै पाण्डेले संस्थामा चर्को स्वर र हल्लाभन्दा पनि शान्त, स्पष्ट र दृढ आवाजको आवश्यकता रहेको औंल्याएका छन् । पछिल्लो समय संस्थागत विकासका लागि पारदर्शिता र नैतिकताको प्रश्न उठिरहेका बेला पाण्डेले ‘इमानदारी’ लाई आफ्नो मुख्य एजेन्डा बनाएका हुन् । उम्मेदवारी घोषणाका क्रममा उनले भनेका छन्, “झुटो बोली चर्को हुन सक्छ, तर इमानदार आवाज सधैं शान्त, स्पष्ट र दृढ हुन्छ। आज इक्यानलाई हल्ला होइन, इमानदारी र जिम्मेवार नेतृत्वको आवश्यकता छ।”
पाण्डेका चुनावी प्रतिबद्धताहरू:
पारदर्शिता र उत्तरदायित्व: संस्थाका हरेक गतिविधि र आर्थिक कारोबारलाई सदस्यहरूमाझ पारदर्शी बनाउने।
जिम्मेवार नेतृत्व: इक्यानको समग्र विकासलाई सही दिशामा डोऱ्याउन व्यावसायिक मर्यादा कायम राख्ने।
सदस्यहरूको हित: साना तथा ठूला सबै व्यवसायीहरूको समस्यालाई केन्द्रमा राखेर कार्य गर्ने र उनीहरूको हकहितको रक्षा गर्ने।
नैतिकताको प्रवर्द्धन: झुटो आश्वासन र प्रोपागाण्डाको सट्टा काम गरेर देखाउने नेतृत्वको विकास गर्ने।





























प्रतिक्रिया