काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी निर्वाचनमा अध्यक्षको पदमा बलियो उम्मेदवारी घोषणा गरेका दीपकराज भुसालले नेतृत्वमा आएपछि आफ्नो पुरै समय र परिश्रम इक्यानलाई सुम्पिने प्रतिबद्दता व्यक्त गरेका छन् ।
शनिबार भएको दिपक राज भुसाल समूहको उम्मेदवारी घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन् । इक्यान आफ्नो पर्यायवाची शब्द बनिसकेको उल्लेख गर्दै भुसालले २०२६ को आगमनसँगै शैक्षिक परामर्श क्षेत्रको व्यवस्थापन र सशक्तिकरणका लागि २६ वटा एजेन्डाहरु अगाडि सारेका छन् ।
जसरी एउटा कुशल पाइलटले जहाज उडाउनु अघि सबै प्राविधिक पक्षहरू जाँच गर्छ र यात्राभरी यात्रुको सुरक्षाका लागि पूर्ण समय सतर्क रहन्छ, भुसालले पनि त्यसरी नै आफूलाई इकानको नेतृत्वका लागि पूर्ण रूपमा समर्पित र तयार रहेको बताएका छन् ।
भुसालले जापान जाने विद्यार्थीहरूका लागि अफर लेटरकै आधारमा एनओसी दिलाउने र नेपाललाई हेग कन्भेन्सनमा सहभागी गराएर कागजी प्रक्रिया सहज बनाउने मुख्य प्रतिबद्धता पनि जनाएका छन् ।
करिब १२ वर्षदेखि आफू इक्यानको लागि समर्पण हुँदै आएको स्मरण गर्दै भुसालले इक्यान सदस्यहरुलाई सहि नेतृत्व छनौट गर्न पनि आग्रह गरेका छन् । आफ्ना टिमका भएका सम्पूर्ण उम्मेदवारहरुको बारेमा विस्तृतमा जानकारी दिँदै उनले सामुहिक रुपमा अगाडि बढाएका सम्पूर्ण उम्मेदवारको बारेमा बताएका थिए ।
राइट पोजिसनमा राइट म्यानको सिद्धान्तलाई ध्यानमा राख्दै आफू र आफ्ना उम्मेदवारहरुले इक्यानका लागि गरेको योगदान र भूमिकाको कदर गर्न इक्यान सदस्यहरुलाई आग्रह पनि गरेका छन् ।





























प्रतिक्रिया