काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले शनिबार नयाँ बानेश्वरस्थित द एभरेस्ट होटलमा सञ्चालित ‘बंगलादेश मेडिकल एजुकेसन फेयर २०२६’ तत्काल सञ्चालनमा राेक लगाएकाे छ ।
बंगलादेश दूतावास, काठमाडौंको आयोजनामा भएको उक्त मेला स्विकृति बिना नै सञ्चालन गरिएको भन्दै इक्यानले आफ्नो नीति अनुरूप राेकेकाे हो ।
इक्यानले विगतदेखि नै विना स्विकृति नै यस्ता कार्य गर्ने शैक्षिक मेला तथा प्रदर्शनीहरूलाई नियन्त्रण गर्ने र कारबाही गर्ने स्पष्ट नीति सार्वजनिक गरेको थियो । सोही नीतिको कडाइका साथ पालना गर्दै यो फेयर बन्द गराइएको इक्यानका महासचिव भवनाथ हुमागाईंले बताए ।
बंगलादेश दूतावासले नेपाली विद्यार्थीहरूलाई बंगलादेशका विभिन्न मेडिकल कलेजहरूमा अध्ययनका अवसरहरूबारे जानकारी दिन तथा प्रवेश प्रक्रियाबारे परामर्श प्रदान गर्ने उद्देश्यले यो विशेष मेलाको आयोजना गरेको थियो । मेलामा बंगलादेशका प्रतिष्ठित मेडिकल कलेजहरूको सहभागिता रहेको थियो ।
तर, यस्ता कार्यक्रम गर्नु अगावै इक्यानलाई जानकार नगराई, शिक्षा मन्त्रालयबाट अनुमति नलिएरै २० भन्दा बढी कलेजहरुले धमाधम भर्ना गरिएकाले इक्यानले हस्तक्षेप गरेको महासचिव हुमागाईंको भनाई छ ।





























प्रतिक्रिया