काठमाडौं । अन्तर्राष्ट्रिय शिक्षाका लागि परामर्श प्रदान गर्दै आएको प्रतिष्ठित संस्था ईडीएफ ज्याम्बोरी नेपालले आयोजना गरेको ‘बहुगन्तव्य शैक्षिक भर्ना मेला २०२६’ सम्पन्न भएको छ।
काठमाडौं पुतलीसडकस्थित सिम्खडा प्लाजाको छैटौं तलामा रहेको संस्थाको आफ्नै कार्यालयमा साेमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको मेलामा वैदेशिक अध्ययनमा रुचि राख्ने विद्यार्थी र अभिभावकको उत्साहजनक सहभागिता थियो । ‘सबै कुराको सुरुवात यहीँबाट हुन्छ’ भन्ने मूल नारासाथ आयोजित यस विशेष कार्यक्रमले नेपाली विद्यार्थीलाई एउटै थलोमा विश्वका विभिन्न शैक्षिक गन्तव्यबारे बुझ्ने अवसर प्रदान गरेको जनाइएको छ ।
मेलामा अमेरिका, अस्ट्रेलिया, बेलायत, क्यानडा तथा युरोपका विभिन्न प्रतिष्ठित विश्वविद्यालयका आधिकारिक प्रतिनिधिले प्रत्यक्ष परामर्श प्रदान गरेका थिए ।
यस कार्यक्रमले विद्यार्थीलाई वर्षभरि विभिन्न देशका मेलामा छुट्टाछुट्टै धाउनुपर्ने झन्झटबाट मुक्त गराइ एकै स्थानमा धेरै देशका विश्वविद्यालय तुलना गर्न, अध्ययन खर्च बुझ्न र भविष्यको वृत्ति विकासका सम्भावनाबारे उचित निर्णय लिन सघाउ पुर्याएको थियो ।
सहभागीले विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गरी विषय छनोट, भर्ना प्रक्रिया, छात्रवृत्ति र भिसा प्रक्रियाका बारेमा रहेका आफ्ना जिज्ञासाहरू मेटाएका थिए ।
कार्यक्रमका क्रममा विद्यार्थीले अनेकौं विशेष सुविधाहरू समेत प्राप्त गरेका थिए । सहभागीलाई योग्यताका आधारमा तत्कालै ससर्त भर्ना प्रस्ताव प्रदान गरिएको थियो भने आवेदन शुल्कमा पूर्ण छुट व्यवस्था समेत मिलाइएको थियो ।
विश्वविद्यालयका प्रतिनिधिहरूले भिसा र भर्नाका विषयमा स्पष्ट पारेका थिए भने विज्ञहरूले व्यक्तिगत परामर्श र वृत्ति मार्गनिर्देशन सत्र सञ्चालन गरेका थिए । यसका साथै विद्यार्थीलाई विभिन्न देशका शैक्षिक ऋण, छात्रवृत्ति र अध्ययनपछिको कार्य अनुमति सम्बन्धी कानुनी र व्यावहारिक जानकारी समेत उपलब्ध गराइएको थियो ।
१५ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय ईडीएफ ज्याम्बोरी नेपालले हालसम्म ५ हजारभन्दा बढी विद्यार्थीलाई विश्वका विभिन्न प्रतिष्ठित विश्वविद्यालयमा सफलतापूर्वक अध्ययनका लागि पठाइसकेको छ ।
विश्वका १ हजारभन्दा बढी विश्वविद्यालयसँगको मजबुत साझेदारीका कारण यस संस्थाले आफूलाई नेपालको एक विश्वासिलो र भरपर्दो शैक्षिक परामर्शदाताका रूपमा स्थापित गरेको छ ।





























प्रतिक्रिया