भारतको फ्लेम विश्वविद्यालयका उपकुलपति प्रा. कामदारद्वारा काठमाडौंमा विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न

भारतको फ्लेम विश्वविद्यालयका उपकुलपति प्रा. कामदारद्वारा काठमाडौंमा विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
15
Shares

काठमाडौं | भारतको पुणेस्थित प्रख्यात लिबरल एजुकेशन शिक्षण संस्था, फ्लेम विश्वविद्यालयका उपकुलपति प्रा. डिशन कामदारले विश्वविद्यालयको विशिष्ट शिक्षण पद्धति र नेतृत्व विकासको दृष्टिकोणबारे प्रकाश पारेका छन् ।

मंगलवार र्‍याडिसन होटलमा आयोजित “कनेक्सियन्सएक्स” शीर्षकको यस कार्यक्रममा नेपालका प्रतिष्ठित शिक्षाविद्, विद्यालय सञ्चालक तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा मुख्य वक्ताको रूपमा बोल्दै प्रा. कामदारले ‘निर्णय क्षमता, मूल्य सिर्जना तथा वार्ता’ विषयमा आफ्नो गहन प्रस्तुति दिएका थिए । आधुनिक नेतृत्वमा हुनुपर्ने महत्वपूर्ण गुणहरूबारे चर्चा गर्दै उनले भने, “प्रभावकारी नेतृत्वका लागि आत्मचेतना, भावनात्मक बुद्धिमत्ता र अनिश्चित परिस्थितिमा पनि सही निर्णय लिन सक्ने क्षमता अनिवार्य छ । अरूलाई प्रभावित पार्नुअघि आफूभित्रै सकारात्मक परिवर्तन ल्याउन आवश्यक हुन्छ।”

उनले सहकार्य, नैतिकता र सहनशीलतालाई शैक्षिक नेतृत्वको मेरुदण्डको रूपमा पनि व्याख्या गरे।

प्रा. डिशन कामदार एक प्रख्यात शिक्षाविद् तथा नेतृत्व प्रशिक्षक हुन्। फ्लेम विश्वविद्यालयमा आबद्ध हुनु अघि उनले भारतको प्रतिष्ठित इन्डियन स्कूल अफ बिजनेसमा शैक्षिक कार्यक्रमका उप–डीन तथा संगठनात्मक व्यवहारका प्राध्यापकका रूपमा सेवा प्रदान गरिसकेका छन्। उनी अनुसन्धानकर्ता, कार्यकारी प्रशिक्षक तथा विद्यार्थीहरूका लोकप्रिय मार्गदर्शकका रूपमा परिचित छन्।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0;
runfunc: 0; algolist: 0;
multi-frame: 1;
brp_mask:0;
brp_del_th:0.0000,0.0000;
brp_del_sen:0.0000,0.0000;
motionR: 0;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 12582912;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 286.9745;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: null;temperature: 34;zeissColor: bright;

यसैगरी विश्वविद्यालयकी स्नातक तह भर्ना निर्देशक अञ्जु देओसकरले फ्लेमको विशिष्ट शिक्षण पद्धतिको चर्चा गरिन्। त्यसपछि नेपाल शिक्षा प्रतिष्ठानका पूर्व अध्यक्ष प्रा. प्रमोद श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरे।

यस कार्यक्रमलाई नेपाल शिक्षा प्रतिष्ठान, जेभियर एकेडेमी तथा काठमाडौँ डन बोस्को कलेजले सहयोग गरेका थिए। नेपालभरका विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरूले फ्लेम विश्वविद्यालयको शैक्षिक मोडेल र नेतृत्व विकासको दृष्टिकोणबारे जानकारी हासिल गरेका छन्।

Logo