वर्ल्ड स्कलर्स कप २०२६ मा प्रिमियर स्कुलको दबदबा, जित्याे ७०० पदक र १८ ट्रफी

वर्ल्ड स्कलर्स कप २०२६ मा प्रिमियर स्कुलको दबदबा, जित्याे ७०० पदक र १८ ट्रफी

केन्द्रबिन्दु
117
Shares

काठमाडौं । प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलले वर्ल्ड स्कलर्स कप २०२६ को काठमाडौं क्षेत्रीय प्रतियोगितामा अभूतपूर्व सफलता हासिल गर्दै इतिहास रचेको छ।

प्रतियोगिताका प्रमुख उपाधिहरू—सर्वोत्कृष्ट व्यक्तिगत र सर्वोत्कृष्ट टोली दुवैमा कब्जा जमाउँदै प्रिमियरले कुल ७०० पदक र १८ ट्रफी जितेर आफ्नो शैक्षिक उचाइ प्रदर्शन गरेको हाे ।

प्रतियोगिताको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत सम्मान ‘ज्याक खाेर अवार्ड’ प्रिमियरकी छात्रा श्रुति श्रेष्ठले जितेकी छिन्। यो उनको लगातार चौथो ज्याक खाेर अवार्ड हो, जुन विश्व स्कलर्स कपको इतिहासमै एक दुर्लभ र विशेष उपलब्धि मानिन्छ। यसअघि उनले सन् २०२५ को काठमाडौं क्षेत्रीय चरण, बैंकक ग्लोबल राउन्ड र अमेरिकाको येल विश्वविद्यालयमा भएको ‘टुर्नामेन्ट अफ च्याम्पियन्स’मा पनि यो अवार्ड जितेर नेपालको नाम रोशन गरिसकेकी छिन्।

प्रतियोगितामा ओभरल च्याम्पियन टिमको उपाधि पनि प्रिमियरकै विद्यार्थीहरूले प्राप्त गरेका छन्। रिशित मैनाली, दृश्य रत्न शाक्य र नृप्शा कार्कीको टोलीले प्रतियोगिताकै उच्च स्कोरर टोलीको रूपमा आफूलाई उभ्यायो। त्यस्तै, श्रुति श्रेष्ठको नेतृत्वमा रहेको आरव कृष्ण श्रेष्ठ र रैय्या कोइरालाको टोलीले २२ स्वर्ण, १२ रजत र ५ ट्रफी जित्न सफल भयो। अर्कोतर्फ तेन्जिङ दावोए लामा, हृद्दिमा अग्रवाल र आरजल अधिकारीको टोलीले १७ स्वर्ण, ६ रजत र ३ ट्रफी हात पार्दै विद्यालयको पदक तालिकालाई अझ उकास्यो।

प्रिमियरका विद्यार्थीहरूले समग्रमा ३१३ स्वर्ण र ३८७ रजत पदक जितेका छन्, जुन काठमाडौं क्षेत्रीय प्रतियोगिताको इतिहासमा अहिलेसम्मकै बलियो प्रदर्शनमध्ये एक हो।

सन् २०१९ देखि नेपालमा वर्ल्ड स्कलर्स कप भित्र्याउन नेतृत्वदायी भूमिका खेलेको प्रिमियरले यसपटक आयोजक र प्रतिस्पर्धी दुवै रूपमा आफूलाई अब्बल सावित गरेको छ।

Skip This
Skip This
Logo