राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका-६ स्थित जनता माध्यमिक विद्यालय खुदीबखारी कुपहीमा परीक्षा फारम भर्ने विषयलाई लिएर विद्यार्थी र विद्यालय प्रशासनबीच विवाद उत्पन्न भएको छ ।
विवादका कारण केही विद्यार्थीले विद्यालयको कार्यालय कक्षमा तालाबन्दी समेत गरेका छन् ।विद्यालयमा डिप्लोमा सिभिल इन्जिनियरिङ अध्ययनरत तेस्रो सेमेस्टरका नियमित विद्यार्थी अशुकुमार मण्डलसहित केही विद्यार्थीले आफूहरूलाई परीक्षा दिनबाट वञ्चित गरिएको भन्दै गाउँपालिकामा ज्ञापनपत्र बुझाएका छन ।
विद्यार्थीका अनुसार शैक्षिक सत्र २०८१/०८२ मा पहिलो सेमेस्टरमा केही दिन मात्रै कक्षा सञ्चालन भएको र त्यसपछि दोस्रो तथा तेस्रो सेमेस्टरमा एक दिन पनि कक्षा सञ्चालन नभएको आरोप लगाएका छन् ।
विद्यार्थीहरूले परीक्षा फारम भर्नका लागि सिटिइभिटीले तोकेको शुल्क प्रति विद्यार्थी पाँच सय रुपियाँ भए पनि विद्यालयले २५ सय रुपियाँ मागेको र शुल्क तिरेपछि पनि रसिद नदिएको आरोप लगाएका छन् ।
साथै, तोकिएको शुल्क तिर्दा समेत विद्यालयले परीक्षा फारम नभरिदिएको उनीहरुको भनाइ छ ।































प्रतिक्रिया