क्लिक इन्टरनेसनल एजुकेसन १२औं वर्षमा प्रवेश, विद्यार्थीका लागि विशेष अफर

क्लिक इन्टरनेसनल एजुकेसन १२औं वर्षमा प्रवेश, विद्यार्थीका लागि विशेष अफर

केन्द्रबिन्दु
81
Shares

काठमाडौं । वैदेशिक अध्ययनका लागि शैक्षिक परामर्श प्रदान गर्दै आएको प्रतिष्ठित संस्था क्लिक इन्टरनेसनल एजुकेसनले आफ्नो स्थापनाको ११ वर्ष सफलतापूर्वक पूरा गरी १२औं वर्षमा प्रवेश गरेको छ। सन् २०१५ देखि सञ्चालनमा आएको यस संस्थाले उच्च शिक्षाका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरूलाई भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ।

१२औं वर्ष प्रवेशको सुखद् अवसरमा संस्थाका प्रबन्ध निर्देशक गोविन्द खनालले सम्पूर्ण विद्यार्थी, अभिभावक, कर्मचारी र सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरे । “हामीले ११ वर्षको लामो यात्रा तय गर्दै गर्दा विद्यार्थीहरूको भविष्यलाई केन्द्रमा राखेर काम गरेका छौं,” खनालले भने, “विगतका वर्षहरूमा विद्यार्थी र अभिभावकबाट प्राप्त सकारात्मक प्रतिक्रिया र विश्वासले नै हामीलाई आज यो स्थानसम्म पुऱ्याएको हो”।

क्लिक इन्टरनेसनलले विशेष गरी अस्ट्रेलिया, युएसए, क्यानडा र जापान जस्ता देशहरूमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ। परामर्शका अतिरिक्त संस्थाले विद्यार्थीको दक्षता अभिवृद्धिका लागि आइएलटिएस, पिटिई, टोफेल र जापनिज भाषा कक्षाहरू पनि सञ्चालन गरिरहेको छ ।

आफ्नो १२औं वार्षिकोत्सवलाई उत्सवका रूपमा मनाउँदै क्लिक इन्टरनेसनलले विद्यार्थीहरूका लागि विशेष सहुलियत प्याकेज सार्वजनिक गरेको छ। यस अन्तर्गत आइएलटिएस, पिटिई र जापनिज भाषाका कक्षाहरूमा भर्ना हुने विद्यार्थीहरूले विशेष अफर र छुट प्राप्त गर्न सक्ने प्रबन्ध निर्देशक खनालले जानकारी दिए ।

संस्थाले आगामी दिनमा आफ्नो सेवालाई अझ बढी मर्यादित, व्यवस्थित र प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेको छ। दक्ष परामर्शदाता र अनुभवी शिक्षकहरूका माध्यमबाट विद्यार्थीहरूलाई उनीहरूको रुचि र क्षमता अनुसारको सही गन्तव्य र विषय छनोटमा मद्दत पुऱ्याउनु नै संस्थाको मुख्य उद्देश्य रहेको बताइएको छ।

Logo