द ब्रिटिस कलेजद्वारा स्वास्थ्य क्षेत्रमा एआई प्रयोगसम्बन्धी विशेष ह्याकाथन कार्यक्रम आयोजना

द ब्रिटिस कलेजद्वारा स्वास्थ्य क्षेत्रमा एआई प्रयोगसम्बन्धी विशेष ह्याकाथन कार्यक्रम आयोजना

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । थापाथलीमा रहेको द ब्रिटिस कलेजले स्वास्थ्य क्षेत्रमा एआई प्रयोगसम्बन्धी विशेष ह्याकाथन कार्यक्रम आयोजना गरेकाे छ । हार्वर्ड विश्वविद्यालयसँग सम्बन्धित हार्वर्ड हेल्थ ह्याकाथनको क्षेत्रीय केन्द्रका रूपमा आज आयोजित यस कार्यक्रममा काठमाडौं उपत्यकाभरिका विद्यार्थी तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सहभागीहरूले उत्साहजनक सहभागिता जनाएका छन्।

कार्यक्रममा झन्डै १८ वटा टिमले दर्ता गराई आफ्नो नवप्रवर्तनात्मक विचार प्रस्तुत गरेका छन्। सहभागीहरूले नेपालको स्वास्थ्य प्रणालीमा एआई कसरी प्रभावकारी रूपमा समावेश गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर आफ्ना परियोजनाहरू प्रस्तुत गरेका थिए । यी परियोजनाहरूले रोग पहिचान, उपचार प्रणाली सुधार, स्वास्थ्य सेवा पहुँच विस्तार तथा डेटा व्यवस्थापन जस्ता विषयलाई समेटेका छन्।

ब्रिटिस कलेजका कन्ट्रि डाइरेक्टर अरुण कँडेलका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अनुभव प्रदान गर्दै नवप्रवर्तनतर्फ प्रेरित गर्ने उद्देश्य राखिएको छ।

कार्यक्रमको मूल्यांकन चिकित्सा तथा एआई क्षेत्रमा विद्यावारिधि गरेका विज्ञ निर्णायकहरूले गरिरहेका छन् । उत्कृष्ट विचारहरूलाई आगामी राष्ट्रिय स्तरको प्रतिस्पर्धामा छनोट गरिनेछ । त्यसपछि उत्कृष्ट टोलीहरूलाई अन्तिम प्रतिस्पर्धाका लागि अमेरिकाको बोस्टनमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुने अवसर प्रदान गरिनेछ । समग्रमा, यस ह्याकाथनले नेपालको स्वास्थ्य प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्ने ब्रिटिस कलेजका इन्क्युबेशन सेन्टर हेड गणेश पाैडेलले बताए ।

ब्रिटिस कलेजले लामो समयदेखि अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सहकार्य गर्दै व्यावहारिक तथा प्रविधिमैत्री शिक्षा प्रदान गर्दै आएको छ।

Skip This
Skip This
Logo