‘प्यासन फाउन्डेसन’द्वारा जापान जाने विद्यार्थीहरूकाे भव्य बिदाइ

‘प्यासन फाउन्डेसन’द्वारा जापान जाने विद्यार्थीहरूकाे भव्य बिदाइ

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । वैदेशिक अध्ययनका लागि जापान प्रस्थान गर्न लागेका विद्यार्थीहरूलाई लक्षित गरी प्यासन फाउन्डेसनले एक भव्य बिदाइ तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

काठमाडौंकाे बसुन्धरामा आयोजित अप्रिल २०२६ सत्रका लागि भिसा प्राप्त विद्यार्थीहरूको बिदाइ तथा शुभकामना कार्यक्रम समारोहमा फाउन्डेसनका संस्थापक एवं सीईओ पुष्पराज पहराईले सफल शैक्षिक यात्राको शुभकामना दिँदै बिदाइ गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सीईओ पहराईले भिसा पाउनुलाई मात्र अन्तिम सफलता मान्न नहुने बताए । उनले वैदेशिक अध्ययन एक चुनौतीपूर्ण यात्राको सुरुवात भएको उल्लेख गर्दै जापानको फरक परिवेश, संस्कृति र भाषामा घुलमिल हुन विद्यार्थीहरू मानसिक र शारीरिक रूपमा तयार हुनुपर्नेमा जोड दिए ।

“जापानको भिसा पाउनु भनेको संसार जितेको होइन, यो त एउटा अवसरको सुरुवात मात्र हो। वास्तविक सफलताका लागि त्यहाँको नियमलाई आत्मसात् गर्दै कडा परिश्रम गर्न आवश्यक छ,” सीईओ पहराईले भने ।

साे अवसरमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का सचिव आशिक कार्कीले वैदेशिक अध्ययनका लागि जापान जान लागेका विद्यार्थीहरूलाई विदेशमा आइपर्ने चुनौतीहरूको सामना गर्न बलियो समुदायको साथ आवश्यक पर्ने बताएका छन् ।

उनले विद्यार्थीहरूलाई जापानमा रहँदा रमाइलोमा मात्र केन्द्रित नभई आफूसँगै रहेका साथीहरूको नेटवर्कलाई बलियो बनाउन सुझाव दिए । “वैदेशिक शिक्षाको यात्रा सधैँ सहज हुँदैन,” उनले भने, “अभिभावकको ठुलो आशा र जिम्मेवारी बोकेर जाँदा त्यहाँ आइपर्ने दुखमा आफ्नै साथीहरू र संस्था नै मुख्य सहारा बन्छन्।”

प्यासन फाउन्डेसनले विद्यार्थीहरूको अटुट विश्वास र भरपर्दो सेवाका कारण छोटो समयमै आफ्नो सञ्जाललाई देशव्यापी बनाएको जानकारी दिएको छ। संस्थाले हाल काठमाडौं बाहेक गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कपिलवस्तु, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढी लगायतका क्षेत्रबाट परामर्श सेवा प्रदान गर्दै आएको छ। विशेष गरी विकट क्षेत्रका विद्यार्थीहरूलाई काठमाडौंसम्म धाउनु पर्ने बाध्यता अन्त्य गर्न प्रदेश स्तरमै सेवा विस्तार गरिएको संस्थाको दाबी छ।

विद्यार्थीहरू जापान पुगिसकेपछि आइपर्ने विभिन्न कानुनी तथा प्राविधिक समस्याहरू समाधानका लागि जापानमै पनि फाउन्डेसनको टिम सक्रिय रहेको कार्यक्रममा जानकारी दिइयो । सीईओ पहराईका अनुसार जापानमा रहेका पुराना विद्यार्थी र संस्थाको संयन्त्रले नयाँ जाने विद्यार्थीहरूलाई डकुमेन्टेसन र अन्य आवश्यक सहयोग गर्नेछ।

Logo