एसईई २०८२ को परीक्षा तालिका सार्वजनिक

एसईई २०८२ को परीक्षा तालिका सार्वजनिक

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वि.सं. २०८२ सालको माध्यमिक शिक्षा परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार यस वर्षको परीक्षा आगामी चैत १९ गतेदेखि सुरु भई चैत २६ गते सम्पन्न हुनेछ।

परीक्षाको समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ। तालिका अनुसार पहिलो दिन चैत १९ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। त्यस्तै, चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित र २३ गते विज्ञान विषयको परीक्षा सञ्चालन हुनेछ।

चैत २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम र अन्तिम दिन २६ गते ऐच्छिक द्वितीय विषयको परीक्षा हुने बोर्डले जनाएको छ। परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी र समन्वयका कामहरू भइरहेको जानकारी दिँदै बोर्डले विद्यार्थीहरूलाई समयमै तयारी गर्न समेत आग्रह गरेको छ।

Logo