ललितपुर । महालक्ष्मी नगरपालिका, ललितपुरले राष्ट्रिय परीक्षा बोर्डको शैक्षिक सत्र २०८१ को परीक्षाफलका आधारमा सर्वोत्कृष्ट सिकाइ उपलब्धि हासिल गर्ने विद्यालयको रूपमा काठमाडौँ मोडेल सेकेण्डरी स्कुल, ललितपुर (केएमसी ललितपुर) लाई प्रथम पुरस्कार प्रदान गरेको छ ।

नगरपालिकाले आयोजना गरेको विशेष सम्मान कार्यक्रममा केएमसी ललितपुरलाई उत्कृष्ट प्लस टु कलेजको प्रमाणपत्रसमेत प्रदान गरेको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा महालक्ष्मी नगरपालिकाका मेयर हरि गोविन्द श्रेष्ठ, उपमेयर लक्ष्मी महर्जन, शिक्षा निर्देशक चिरञ्जीवी पौडेल र विभिन्न विद्यालयका प्रिन्सिपलहरूको उपस्थिति रहेको थियो ।

सम्मान कार्यक्रममा नगरपालिकाले केएमसी ललितपुर कलेजका चार जना विद्यार्थी आयुष काफ्ले, भास्कर शर्मा, विज्ञान पौडेल र आर्जु ढकाललाई जनही २० हजार रुपैयाँ नगद पुरस्कार र मेडलद्वारा सम्मानित पनि गरेको छ । त्यस्तै विद्यालय परिवारले यस गौरवपूर्ण उपलब्धिमा सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकलाई हार्दिक बधाई ज्ञापन गरेको छ ।

मेयर श्रेष्ठले कार्यक्रम सम्बोधन गर्दै भने, “महालक्ष्मी नगरपालिकालाई शिक्षाको हब बनाउन हामी मनग्य लगानी गर्न तयार छौँ ।” यो सम्मानले केएमसी ललितपुरको शैक्षिक उत्कृष्टतालाई मात्र होइन, महालक्ष्मी क्षेत्रको समग्र शैक्षिक गुणस्तर वृद्धिमा पनि महत्वपूर्ण योगदान पु-याउने अपेक्षा गरिएको छ ।






























प्रतिक्रिया