एसईईको परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण हुने, एक महिनामै नतिजा निकाल्ने तयारी

एसईईको परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण हुने, एक महिनामै नतिजा निकाल्ने तयारी

केन्द्रबिन्दु
21
Shares

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नयाँ व्यवस्था लागू गर्दै परीक्षा जहाँ हुन्छ, त्यहीँ उत्तरपुस्तिका परीक्षण गर्ने भएको छ ।

बोर्डका अनुसार चैत १९ गतेदेखि सुरु हुने एसईई परीक्षाका उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रमै परीक्षण गर्ने तयारी गरिएको हो । अघिल्ला वर्षहरूमा गोप्य रूपमा फरक–फरक स्थानमा परीक्षण गरिने परम्परा यसपालि परिवर्तन गरिएको छ ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने लक्ष्यसहित यो व्यवस्था लागू गरिएको हो । “परीक्षा केन्द्रमै परीक्षण गरेर छिटो नतिजा निकाल्ने उद्देश्य हो,” उनले बताए ।

तर, शिक्षक अभाव भएको वा असुरक्षित महसुस हुने केन्द्रमा भने शिक्षा विकास तथा समन्वय एकाइको सहजीकरणमा अन्यत्रै परीक्षण गर्ने व्यवस्था मिलाइने बोर्डले जनाएको छ ।

यस वर्ष एसईईका लागि १ हजार ९६६ परीक्षा केन्द्र कायम गरिएको छ । तीमध्ये एक केन्द्र जापानमा समेत रहेको छ । देशभर र विदेशसहित ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।

परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । प्रश्नपत्र र उत्तरपुस्तिका सम्बन्धित केन्द्रमा पुगिसकेको र केन्द्राध्यक्ष तथा सुरक्षाकर्मीको व्यवस्था पनि पूरा भइसकेको बोर्डले जनाएको छ ।

यसअघि असारमा नतिजा आउने परम्परा भए पनि यसपटक समय घटाएर एक महिनामै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको हो ।

Skip This
Skip This
Logo