काठमाडौं । नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा उकास्दै आएको आईआईएमएस कलेजको दीक्षान्त समारोह २०२६ ‘सीड्स अफ टुमरो’ भव्यताका साथ सम्पन्न भएको छ । नेपालमै पहिलो पटक आईआईएमएस कलेज र मलेसियाको टेलर्स युनिभर्सिटीको संयुक्त आयोजनामा आयोजित यो समारोहमा सयौं विद्यार्थी दीक्षित भएका थिए ।
समारोहमा प्रमुख अतिथिका रुपमा टेलर्स युनिभर्सिटीका भाइस–च्यान्सलर तथा प्रेसिडेन्ट प्रोफेसर बेरी विनको उपस्थिति थियो । उनीसँगै आईआईएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा कार्यकारी अध्यक्ष सबिन्द्र महर्जनले समारोहलाई सम्बोधन गर्दै दीक्षित विद्यार्थीहरूलाई बधाई ज्ञापन गरेका थिए ।

प्रोफेसर विनले दीक्षित सबै विद्यार्थीहरुलाई धन्यबाद ज्ञापन गर्दै भने- ‘टेलर्स युनिभर्सिटीको ‘टेलर्सफियर’ शिक्षण दर्शनअन्तर्गतको व्यावहारिक, नवप्रवर्तनमुखी र उद्योग–अभिमुख शिक्षाले दीक्षितहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउने छ ।’

सन् २०१० मा स्थापित आईआईएमएस कलेजले छोटो अवधिमै नेपालको उच्च शिक्षामा उल्लेखनीय परिवर्तन ल्याएको छ । विदेश जानुपर्ने विद्यार्थीहरूलाई घरमै अन्तर्राष्ट्रिय डिग्री प्रदान गर्ने उद्देश्यले टेलर्स युनिभर्सिटी मलेसियासँग शैक्षिक साझेदारी गरेको यो कलेज सन् २०२६ को क्यूएस वल्र्ड युनिभर्सिटी र्याङ्किङमा २५३औं स्थान छ भने सन् २०२६ को क्यूएस एसिया युनिभर्सिटी र्याङ्किङमा २७औं स्थानमा रहेको छ । त्यस्तै टेलर्स युनिभर्सिटी विश्वका शीर्ष १ प्रतिशत विश्वविद्यालयमा पर्दछ ।
कलेजले टेलर्स युनिभर्सिटीको सम्बन्धनमा ब्याचलर अफ कम्प्युटर साइन्स, ब्याचलर अफ बिजनेस र ब्याचलर अफ इन्टरनेसनल हस्पिटालिटी तथा नेपालमै एक मात्र विश्वस्तरीय एमबीए एएसिएसबी–अक्रेडिटेड एमबीएको अन्तर्राष्ट्रिय डिग्री कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसबाहेक कलेजको फाउन्डेसनअन्तर्गत एसिएचएस कलेजमार्फत त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धनमा बिएससी सिएसआइटी र बिबीए कार्यक्रम पनि सञ्चालन हुँदै आएकाे छ ।

आईआईएमएस कलेजको सबैभन्दा ठूलो विशेषता भनेको ‘लर्निङ इन एक्सन’ दर्शन हो । यहाँ विद्यार्थीहरूलाई कक्षाकोठामा घोकाएर होइन, प्रोजेक्ट वर्क, ग्रुप असाइनमेन्ट, रिसर्च, इन्टर्नसिप, हैकाथन, उद्योग भ्रमण र वास्तविक केस स्टडीमार्फत तयार पारिन्छ ।

हालै उद्घाटन गरिएको आईआईएमएस २.० कलेजमा अत्याधुनिक कक्षा कोठा, ल्याबोरेटरी, मल्टिमिडिया टुल्स, इ–लाइब्रेरी र विद्यार्थी कल्याण केन्द्र उपलब्ध छन् । परिणामस्वरूप ७ हजारभन्दा बढी स्नातक गरेका विद्यार्थीहरू ४५० भन्दा बढी कम्पनीमा प्लेसमेन्ट भइसकेका छन् । त्यस्तै विद्यार्थीहरूले चीनको द सान्या इडिसन जस्ता अन्तर्राष्ट्रिय इन्टर्नसिप, ग्लोबल रिसर्च पेपर प्रकाशन र ह्याकाथनमा पनि पुरस्कार जितेका छन् ।
































प्रतिक्रिया