उच्च शिक्षाका लागि पिनाकल एकेडेमी किन रोज्ने ?

उच्च शिक्षाका लागि पिनाकल एकेडेमी किन रोज्ने ?

केन्द्रबिन्दु
1.75k
Shares

काठमाडौं । एसईईको नतिजापछि उच्च शिक्षाका लागि कहाँ भर्ना हुने भन्ने अन्योलमा रहेका विद्यार्थीहरूका लागि उत्कृष्ट गन्तव्य हो, पिनाकल एकेडेमी सेकेण्डरी स्कुल ।

ललितपुरको लगनखेलमा अढाई दशक लामो गरिमामय शैक्षिक इतिहास निर्माण गरेको पिनाकलले स्थापनाकालदेखि नै समयसापेक्ष, वैज्ञानिक र व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै विद्यार्थीहरूको भविष्य निर्माणका लागि एक दर्बिलो जगको रूपमा आफूलाई उभ्याएको छ। हाल पिनाकल एकेडेमीमा कक्षा ११ र १२ का लागि विज्ञान, व्यवस्थापन, कानुन र मानविकी संकायमा पठनपाठन भइरहेको छ।

पिनाकलको सफलताको मुख्य आधार भनेको समर्पित शिक्षक समूह र सबल व्यवस्थापन हो।

राष्ट्रिय परीक्षा बोर्डले संचालन गर्ने कक्षा १२ को शैक्षिक परिणाममा २०७९ मा छ सय ९६ विद्यार्थीमा ९६ प्रतिशत, २०८० मा सात सय दुई विद्यार्थीमा ९७.२ प्रतिशत, २०८१ म आठ सय २४ विद्यार्थीमा ९८.६ प्रतिशत र २०८२ मा ७ सय २२ विद्यार्थीमा ९७ प्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल पिनाकल एकेडेमी विद्यार्थीको सदैव रोजाईमा पर्ने शिक्षण संस्था हो ।

नेपालका उत्कृष्ट माध्यमिक विद्यालयहरु (प्लस टु)

तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद र हालको राष्ट्रिय परीक्षा बोर्ड अन्र्तगत संचालित परीक्षामा यस शिक्षण संस्थाका विद्यार्थीले ६ पटक सर्वोत्कृष्ट रहँदै नेपाल टप गरेको गौरवशाली इतिहास छ । केन्द्रबिन्दु अनलाइन मिडियाले गरेको सर्वेक्षणमा २०७९ मा छैंटौं, २०८० मा पाँचौं, २०८१ मा चौथो, २०८२ मा चौथो र २०८३ मा तेस्रो स्थानको -यांकमा रहँदै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा आफुलाई उभ्याउन पिनाकल एकेडेमी सफल भएको छ । एकेडेमिक एक्सिलेन्स, टपर्स च्वाईस लगायतका थुप्रै अवार्ड र सम्मानबाट पिनाकल विभुषित हुँदै आएको छ ।

पिनाकलमा अध्ययन गरेका विद्यार्थीहरुले राजनीतिदेखि खेलकुद क्षेत्रसम्म ख्याती कमाइसकेका छन् ।

पिनाकलले विद्यार्थीको अन्तर्निहित प्रतिभा र सिर्जनशीलता प्रस्फुटन गराउन प्रयोगात्मक पठन विधिलाई विशेष जोड दिएको छ। अत्याधुनिक कक्षाकोठा, पर्याप्त शैक्षिक स्रोत र प्रविधिमैत्री प्रयोगशालाहरूले यहाँको सिकाइ वातावरणलाई थप प्रभावकारी बनाएका छन्। यहाँ कला, साहित्य, मनोरञ्जन र खेलकुदमा विद्यार्थीलाई विशेष प्रोत्साहन गरिन्छ।

विशेषगरी, विदेशी प्रशिक्षकको रेखदेखमा तयार पारिएको यस संस्थाको क्रिकेट टिमले खेलकुद क्षेत्रमा समेत आफ्नो गतिशीलता प्रदर्शन गर्दै आएको छ। उत्कृष्ट शैक्षिक नतिजा, अनुशासित वातावरण र जीवनोपयोगी शिक्षाको खोजीमा रहेका विद्यार्थीहरूका लागि पिनाकल एक भरपर्दो र गतिशील प्राज्ञिक केन्द्र बनेको छ।

Logo