काठमाडौं । काठमाडौँको मुटु लाजिम्पाटमा अवस्थित जेभियर एकेडेमीले आफ्नो स्थापनाको २६ वर्ष पूरा गर्दै नेपालको उत्कृष्ट शैक्षिक संस्थाका रूपमा आफूलाई उभ्याएको छ । विसं २०५४ मा औपचारिक रूपमा स्थापना भएको यस एकेडेमीले विद्यार्थीको शैक्षिक विकासका साथै उनीहरूको सर्वाङ्गीण व्यक्तित्व विकासलाई मुख्य प्राथमिकता दिँदै आएको छ।
जेभियरले जेहेन्दार, गरिब विद्यार्थीलाई पनि उत्तिकै अवसर दिइरहेको छ ।
राडिसन होटलको उत्तरतर्फ आफ्नै आधुनिक छ तले भवनमा सञ्चालित यस एकेडेमीले विद्यार्थी, शिक्षक र अभिभावकबीचको त्रिकोणात्मक सम्बन्धलाई संस्थाको मेरुदण्ड मानेको छ। विद्यार्थीसँग अन्तरक्रियात्मक सहभागितामा शिक्षण विधिलाई प्रभावकारी र दीगो बनाउँदै लगेको यो एकेडेमीले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायअन्तर्गत पठनपाठन गराउँदै आएको छ । जेभियरले जेहेन्दार, गरिब विद्यार्थीलाई पनि उत्तिकै अवसर दिइरहेको छ ।
एकेडेमीले नियमित रूपमा अभिभावकहरूसँग अन्तर्क्रिया, समीक्षा र सुझाव संकलन गर्दै विद्यार्थीहरूको प्रगतिको मार्गचित्र कोर्ने गरेको छ।
नेपालका उत्कृष्ट माध्यमिक विद्यालयहरु (प्लस टु)
वरिष्ठ शिक्षाविद् प्राडा श्रीराम भगत माथेको अनुभवी नेतृत्वमा जेभियर एकेडेमीले स्थापनाकालदेखि नै उत्कृष्टतालाई बानी बनाउने लक्ष्य लिएको छ। विद्यार्थी केन्द्रित शिक्षण विधि, नियमित परीक्षा, कडा अनुशासन र परामर्श सेवाका कारण एकेडेमीले लगातार शतप्रतिशत नतिजा निकाल्दै आएको छ। विशेषगरी सन् २०१० यता विज्ञान र व्यवस्थापन संकायमा एकेडेमीले हासिल गरेको नतिजाले यसलाई देशकै उत्कृष्ट १० कलेजहरूको सूचीमा स्थापित गराएको छ।
एकेडेमीले केवल किताबी ज्ञानमा मात्र सीमित नभई विद्यार्थीहरूलाई सामाजिक रूपमा जिम्मेवार नागरिक बनाउन विशेष पहल गरेको छ।
विज्ञान र व्यवस्थापन संकायमा हासिल गरेको उत्कृष्ट नतिजासँगै एकेडेमीले अवलम्बन गरेको होलिस्टिक शिक्षा पद्धति र अनिवार्य सामुदायिक सेवा जस्ता कार्यक्रमले यसलाई अन्य शिक्षण संस्थाभन्दा फरक देखाएको छ।
एकेडेमीले केवल किताबी ज्ञानमा मात्र सीमित नभई विद्यार्थीहरूलाई सामाजिक रूपमा जिम्मेवार नागरिक बनाउन विशेष पहल गरेको छ। हरेक विद्यार्थीले वार्षिक रूपमा कम्तीमा १५ घण्टा अनिवार्य सामाजिक वा सामुदायिक सेवा गर्नुपर्ने व्यवस्था गरिएको छ। यसले विद्यार्थीमा सेवाभाव र सामाजिक उत्तरदायित्वको भावना विकास गराउने विश्वास एकेडेमीको छ।





























प्रतिक्रिया