काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा आज मंगलबारदेखि ललितपुरस्थित ‘द प्लाजा’ मा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ भव्य रूपमा सुरु भएको छ ।
कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति ओजश्वी शेरचनलगायतको उपस्थिति रहेकाे छ ।
कार्यक्रममा शैक्षिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै अब्बल साबित भएका संस्थागत तथा सामुदायिक शैक्षिक संस्था र व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम छ । शिक्षाको गुणस्तर अभिवृद्धि र विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएका देशभरका उत्कृष्ट कलेज तथा विद्यालयहरूलाई यस अवार्डमार्फत चिनाउने र उनीहरूको योगदानको उच्च कदर गर्ने लक्ष्य राखिएको छ ।
एस इन्स्टिच्युट अफ म्यानेजमेन्टद्वारा प्रायोजित यस कार्यक्रममा अवार्ड वितरण हुनुअघि शिक्षा क्षेत्रको वर्तमान अवस्था, यसका चुनौतीहरू र आगामी दिशाबारे गहन विमर्श गर्न दुईवटा महत्त्वपूर्ण प्यानल डिस्कसन हुनेछ । पहिलो सत्रमा ‘शिक्षामा निजी क्षेत्रको लगानी’ विषयमा केन्द्रित रहेर बहस भइरहेको छ भने दोस्रो प्यानल डिस्कसन ‘के नेपाललाई एजुकेसन हब बनाउन सकिन्छ ?’ भन्ने विषयमा केन्द्रित रहनेछ । उक्त बहसहरूमा शिक्षा क्षेत्रका विज्ञ, सरोकारवाला तथा नीति निर्माताहरूको सक्रिय सहभागिता रहेको छ ।





























प्रतिक्रिया