पोखराको अमरसिंह मावि गण्डकी प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा सम्मानित

पोखराको अमरसिंह मावि गण्डकी प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा सम्मानित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कास्कीको पोखरामा अवस्थित अमर सिंह माध्यमिक विद्यालय गण्डकी प्रदेशका सामुदायिक विद्यालयमध्ये प्रदेशकै उत्कृष्ट विद्यालयका रूपमा सम्मानित भएको छ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा गुणस्तरीय शिक्षण, शैक्षिक उपलब्धि, अनुशासित वातावरण तथा विद्यार्थीको सर्वाङ्गीण विकासमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप अमरसिंह माविलाई उक्त सम्मान प्रदान गरिएको हो।

अमरसिंह मावि देशकै सबैभन्दा रुचाइएको शिक्षण संस्थामध्ये एक अग्रणी नाम हो । यो संस्था माध्यमिक र उच्च माध्यमिक तहका लागि एक प्रमुख शैक्षिक केन्द्रका रूपमा स्थापित छ ।

शैक्षिक उत्कृष्टताको यो यात्रामा विद्यालयले योग्य शिक्षकहरू, सशक्त व्यवस्थापन, अत्याधुनिक पूर्वाधार र मेहेनती विद्यार्थीहरूको सहयोगमा उल्लेखनीय सफलता हासिल गर्दै आएको छ । विद्यालय अझ धेरै सुधारको लक्ष्य राखेर अघि बढ्न प्रतिबद्ध छ ।

केन्द्रबिन्दुले शैक्षिक क्षेत्रमा अनुकरणीय कार्य गर्ने संस्थाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा यो अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।

Logo