राप्ती ज्ञानोदय लुम्बिनी प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा सम्मानित

राप्ती ज्ञानोदय लुम्बिनी प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा सम्मानित

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिकास्थित राप्ती ज्ञानोदय माध्यमिक विद्यालय लुम्बिनी प्रदेशका सामुदायिक विद्यालयमध्ये प्रदेशकै उत्कृष्ट विद्यालयका रूपमा सम्मानित भएको छ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा गुणस्तरीय शिक्षा प्रवाह, उत्कृष्ट शैक्षिक उपलब्धि, अनुशासित शैक्षिक वातावरण तथा विद्यार्थीको सर्वाङ्गीण विकासमा पुर्‍याएको उल्लेखनीय योगदानका आधारमा राप्ती ज्ञानोदयले उक्त सम्मान प्राप्त गरेको हो।

यस विद्यालयले सामुदायिक शिक्षाको क्षेत्रमा उत्कृष्ट अभ्यास स्थापित गर्दै आधुनिक शिक्षण–सिकाइ पद्धति, प्रविधिमैत्री वातावरण तथा विद्यार्थीकेन्द्रित शिक्षण प्रणालीमार्फत शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । विद्यालयले माध्यमिक तहदेखि कक्षा ११–१२ सम्म विज्ञान, व्यवस्थापन, शिक्षा र एनिमल साइन्स कार्यक्रम सञ्चालन गर्दै विद्यार्थीलाई गुणस्तरीय तथा व्यवहारिक शिक्षा प्रदान गरिरहेको छ।

केन्द्रबिन्दुले शैक्षिक क्षेत्रमा अनुकरणीय कार्य गर्ने संस्थाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा यो अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ।

Logo